• घरघरमा इन्टरनेटका लागि टेलिकमको सहकार्य जुटदै

    नेपालपथ संवाददाता
    प्रकाशित मिति : १३ पुष २०७४, बिहीबार

    काठमाडौं–नेपालका सवै घरमा वोर्ड ब्राण्डको पुर्वाधार बिकास गर्न नेपाल सरकार तथा नेपाल दुर संचार प्राधिकरणले एनटीए संचालन टेलिकम अपरेटरर्स तथा इन्टरनेट सर्भिस प्रोभाइडर कम्पनीहरुसँग सहकार्य गरेको छ । यसका लागि सुबिसु केबलनेट प्रा।लि।लाई प्रदेश २ को आठ वटा जिल्लाहरुमा एफटीटीएच नेटवर्कको पुर्वाधार विकाश गर्न नेपाल दुरसंचार प्राधिकरणले स्विकृती प्रदान गरेको छ । आफ्नो नेटवर्कलाई सुदृढ गर्न तथा ग्राहकहरुलाई गुणस्तरीय सेवा प्रदान गर्नको लागि सुबिसु केबलनेट प्रा।लि।ले नोकियासँग गुणस्तरीय उत्पादनका लागि हातेमालो गरेको जनाएको छ ।

    एफटीटीएच इमर्जिङ बोर्ड ब्राण्ड टेक्नोलोजि र सुबिसु केबलनेट प्रा।लि।ले ग्राहकहरुलाई उच्चस्तरीय सपोर्ट सर्भिससँगै राम्रो, सुदृढ र गुणस्तरीय सेवा उपलब्ध गराउनका लागि आफ्ना ग्राहकहरुलाई तुरुन्तै २।५ जिपिएस गतिको इन्टरनेट र भविष्यमा १० जिपिएस गतिको इन्टरनेट सेवाप्रदानगर्ने मुख्य उद्देश्य राखेकोे जनाएको छ । सुबिसु केबलनेट प्रा।लि।नेपालको एउटा अग्रणी इन्टरनेट÷डिजिटल टेलिकम सेवाप्रदान गर्ने प्रदायक भएकोले गुणस्तरीय सेवा प्रदान गर्न देशभरी नै अप्टिकल फाइबर नेटवर्क विस्तार गरीरहेको छ ।

    नोकियाले संसार भरी संचार सेवालाइ आवद्ध गरेको छ । यसले नयाँ प्रविधिहरुको अनुसन्धान तथा खोजि गरी सरकारी निकाय, ठुलो व्यापारीक प्रतिष्ठान र ग्राहकहरुलाई उच्च गुणस्तरको विभिन्नप्रकारको उपकरणहरु तथा सेवाहरु प्रदान गरिआएको छ । फाइभ जी र इन्टरनेट थिङसको प्रविधिको विकास गर्दे डिजिटल हेल्थ भर्चुअव रियालिटी समेतमा केन्द्रित भएको बताइएको छ । यस्तै नेओटेरिक नेपाल नेपालको एउटा अग्रणी आइसिटी कम्पनी हो जसले नेपालमाथुप्रै यस क्षेत्रका नयाँ प्रविधि भित्राएको जनाएको छ ।

    फेसबुक प्रतिक्रिया