• सलमानसँग कैटरिना पनि नेपाल आउने पक्का

    नेपालपथ संवाददाता
    प्रकाशित मिति : १४ पुष २०७४, शुक्रबार

    सलमान खानसँगै बलिउड नायिका कैटरिना कैफ पनि नेपाल आउने भएकी छन् । भारतिय मिडियामा उल्लेख भए अनुसार सलमानको ‘दबंग नेपाल टुर’ मा कैटरिना पनि सहभागी हुनेछिन् । फिल्म ‘टाइगर जिन्दा है’ को ‘स्वाग से स्वागत’ गीत पछि सलमानको दबंग टुरमा कैटरिनाको डिमान्ड आएको हो । टुरमा सलमान र कैटरिनासँगै प्रभुदेवा, डेजी शाह , ज्याक्लिन फर्नान्डिज, सोनाक्षी सिन्हा लगायतको सहभागीता रहनेछ । सलमानको टिमले मार्च १० तारिखमा टुंडिखेलमा प्रस्तुती दिदैंछ ।

    फेसबुक प्रतिक्रिया