• प्रधानमन्त्री र भारतीय राजदूतबीच भेटवार्ता

    नेपालपथ संवाददाता
    प्रकाशित मिति : १४ पुष २०७४, शुक्रबार

    १४ पुस, काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवालाई नेपालका लागि भारतीय राजदूत मन्जिवसिंह पुरीले शुक्रबार बिहान भेटवार्ता गरेका छन् । भेटमा समसामयीक राजनीतिबारे छलफल भएको बताइएको छ ।कांग्रेसको कार्य सम्पादन समितिको बैठक चलिरहेका बेला भारतीय राजदूत पुरी बालुवाटार पुगेका थिए ।

    राजदूत पूरी झण्डै आधा घण्टापछि बालुवाटारबाट बाहिरिएका छन् ।नयाँ सरकारका लागि मार्ग प्रशस्त गर्ने तयारी गरिरहेका बेला कांग्रेस सभापति एवम् प्रधानमन्त्री देउवा र राजदूत पुरीबीच भएको भेटलाई अर्थपूर्ण मानिएको छ ।

    फेसबुक प्रतिक्रिया