• मुम्बईको भवनमा आगलागी १४ को मृत्यु, २० भन्दा बढी घाइते

    नेपालपथ संवाददाता
    प्रकाशित मिति : १४ पुष २०७४, शुक्रबार

    मुम्बईको लोअर परेलको एक भवनमा बिहिबार राती भएको आगलागीमा १४ जनाको मृत्यु भएको छ । घटनामा २० भन्दा बढी घाइते भएको समाचार एजेन्सीहरुले जनाएका छन् । घाइतेहरुलाई सायन र केईएम अस्पतालमा भर्ना गरिएको छ । सेनापति वापट मार्गस्थित एक चार तल्ले भवनको तेस्रो तल्लाबाट करिब साढे १२ बजेदेखि आगलागी भएको बताइएको छ ।कमला मिल्स कम्पाउन्डमा रहेको भवनमा के कारणले आगलागी भयो भन्ने हालसम्म खुल्न सकेको छैन ।केही मिडियामा उक्त घरमा एउटा बार भएको खबर आए पनि यसको पुष्टि हुन सकेको छैन ।

    बिएमसीको डिजास्टर म्यानेजमेन्टको टोली पुगेर त्यहाँ आगलागी नियन्त्रण तथा उद्धारको प्रयार शुरु गरेका थिए । करिब २ बजेर ४५ मिनेट जाँदा आगलागी नियन्त्रणमा आएको थियो । आगलागी नियन्त्रण गर्न आठ वटा फायर टेन्डर्स र पाँच दमकल प्रयोग गरिएको थियो । घटनाको बेला भवनको तेस्रो तल्लामा करिब ५० जना रहेका थिए । मारिनेमा ११ महिला र ३ पुरुष रहेका छन् । पोष्टमार्टम रिपोर्टका अनुसार धेरैको मृत्यु श्वास फेर्न नसकेर भएको बताइएको छ । प्रधानमन्त्री नरेन्द्र मोदीले घटनाबारे दुःख व्यक्त गरेका छन् ।

    फेसबुक प्रतिक्रिया