• व्यवसायी एवंम् समाजसेवी नरेश सेनको संरक्षकत्वमा ठकुरी सहयोग संजाल यु.ए.ई. गठन

    नेपालपथ संवाददाता
    प्रकाशित मिति : २ बैशाख २०७५, आईतवार

    काठमाण्डौं । विश्व ठकुरी समुदायको साझाथलो ठकुरी सहयोग सञ्जालको संयुक्त अरब इमिरेट्स साखाको अध्यक्षमा पाल्पाका भिमबहादुर मल्ल निर्वाचित भएका छन् ।

    शुक्रबार दुबई स्थित बरदुबईमा भएको सञ्जालको प्रथम अधिवेशनले मल्ललाई सर्वसम्मत निर्वाचित गरेको हो ।  काठमाण्डौमा केन्द्रिय कार्यलय रहेको ठकुरी सहयोग सञ्जालले विश्व भरिका ठकुरीहरुलाई एकिकृत गर्ने उद्धेस्यले देशका जिल्ला तथा ठकुरीहरुको बस्ती रहेका प्रवासमा समेत शाखा विस्तार गर्दै आइरहेको छ । यु.ए.ई. शाखा,प्रवासको दोस्रो शाखा हो । यस अघि ठकुरी सहयोग सञ्जाल कतारको स्थापना भैसकेको छ । यु.ए.ई.मा रोजगारको शिलशिलामा करिब तीन सय ठकुरी रहेको जानकारी नवनिर्वाचित अध्यक्ष मल्लले दिए ।

    यु.ए.ई. को नवनिर्वाचित कार्यसमिती २२ सदस्यकाो रहेको छ । जस मध्ये बरिष्ठ उपाध्यक्षमा कोहलपुरका दिपक शाही निर्वाचित भएका छन् । उपाध्क्षहरुमा सि.एन. चन्द र दिनेश मल्ल ठकुरी, त्यसैगरी महासचिव, सचिव र सहसचिव माक्रमसःजिवन सिंह ठकुरी, दिनेश मल्ल र जितु उचाई ठकुरी रहेका छन् । कोषाध्यक्ष र सहकोषाध्यक्षको जिम्मेवारी सारदा शाह र चन्दा शाही सेनले पाएकाछन् । सदस्यहरुमा त्रिलोचन चन्द, सुरज शाह, सुनिल जंगमल्ल हिमालजंग शाही, लोक बहादुर बंशी, तप्तबहादुर शाही, राम सेन ठकुरी, मिनाशाही, नरेश सेन ठकुरी, पूर्ण बहादुर शाही, बलिन्द्र मल्ल, विश्व बम मल्ल र अरुण बिक्रम शाह निर्वाचित भएका छन् ।

    ठकुरी सहयोग सञ्जालका केन्द्रिय सल्लाहकार एवंम्शिलेट ट्राभलएण्ड टुर्सका संचालक नरेश सेन ठकुरीको संरक्षकत्वमा रहेको यु.ए.ई साखाले ७ सदस्यि सल्लाहकार समिती पनि चयन गरेको छ । सल्लाहकार समितीमा बरिष्ठ सल्लाहकार तर्फ सन एण्ड मुनट्राभलका संचालकला केन्द्र बहादुर बम र सल्लाहकारहरु तर्फ विश्व देव शाह, तारा मल्ल, केभिन जंगशाही, गगन शाही, भिम हमाल र लेम मल्ल रहेका छन् ।कार्यक्रममा ठकुरी सहयोग सञ्जालले तयार पारेको २०७५ सालको क्यालेण्डर विमोचन ,ठकुरी टीसटकोका साथै सञ्जाले गरेका हाल सम्मका गतिबिधी बारे जानकारी गराईएके थियो ।

    प्रथम अधिवेशनका लागी नेपालबाट ठकुरी सहयोग सञ्जालका केन्द्रिय अध्यक्ष रेशमजंग शाहको साथमा सल्लाहकार कविता शाह र उपत्यका ईन्चार्ज हिमाल मल्ल दुबइ पुगेका थिए । कार्यक्रमका प्रमुख अथिती शाहले अधिबेशनलाई सम्बोधन गर्दै विदेशमा बस्ने नेपालीहरुलाई मिहेनती मौरीको संज्ञादिए । शाहले भने “हजुरहरु भनेको मिहेनती मौरी हो, भुर्र उडेर यहाँ आउनु हुन्छ, मिहेनत गरी रस लिएर नेपाल जानुहुन्छ । त्यसैले त नेपालमा बृद्ध आमाबाबाले फलफुल खानपाउनु भएको छ, बिरामीपर्दा उपचार गर्न पाउनु भएको छ, नानीहरुले राम्रा राम्रा नाना लगाएर बिद्यालय जान पाएका छन् ।” करिब तीन घण्टा चलेको अधिवेशनलाई सञ्जालका विदेश विभाग प्रमुख रामु शाही ठकुरीले संचालन गरेका थिए ।

    फेसबुक प्रतिक्रिया