• क्रिकेटमा फड्काे मार्दै कर्णालीः सुर्खेतमा यू–१९ मैत्रीपूर्ण सिरिज हुने

    नेपालपथ संवाददाता
    प्रकाशित मिति : १९ आश्विन २०७५, शुक्रबार

    सुर्खेत । कर्णाली प्रदेश राजधानी वीरेन्द्रनगरमा यू–१९ मैत्रीपूर्ण सिरिज हुने भएको छ । एम।एस। क्रिकेट एकेडेमीको आयोजनामा उक्त सिरिज हुन लागेको हो ।

    सिरिज असोज १९ र २० गते रंगशालामा सञ्चालन हुने एम.एस.क्रिकेट एकेडेमीका सौगात कार्कीले बताए । उनका अनुसार एम।एस। क्रिकेट एकेडेमी सुर्खेत र नेपाल स्टार्स क्रिकेट क्लव कोहलपुरबीच प्रतियोगिता हुनेछ ।

    प्रतियोगितामा पहिलो र दोस्रो खेल २०र२० ओभरको हुनेछ भने अन्तिम खेल ३० ओभरको हुने एकेडेमीका सञ्चालक एवं प्रशिक्षक रबिन्द्र जंग शाहीले बताए । उनले क्रिकेटलाई थप निखार ल्याउन र एकेडेमीका खेलाडीहरुको हौसला बढाउनका लागि उक्त सिरिज सञ्चालन गर्न लागेको जानकारी दिए ।

    फेसबुक प्रतिक्रिया