• नेपालद्वारा भुटान १ सय १७ रनले पराजितः प्रदिपकाे ७५ रन

    नेपालपथ संवाददाता
    प्रकाशित मिति : २३ आश्विन २०७५, मंगलवार

    काठमाडाैं । टी–ट्वान्टी विश्व कपअन्तर्गत एसिया छनोटको समूह ‘बी’ को खेलमा  नेपालले  भुटानलार्इ रनले पराजित गरेकाे छ ।

    नेपालवाट  १ सय ५१ रनकाे लक्ष्य पाएकाे भुटान १६ दशमलव ४ अाेभरमा सबै विकेट गुमाउदै ३३ रनमा अलअाउट भयाे । नेपालका संदिप लामिछाने र ललित राजबंशीले  समान ३/ ३ विकेट लिए भने वसन्त रेग्मीले २ विकेट हात पारे ।

    टस भुटानले जितेपछी पहिले ब्याटिङकाे निम्ताे पाएकाे नेपालले निधारीत २० अाेभरमा ४ विकेट  गुमाउदै १ सय ५० रनकाे स्काेर बनाएकाे थियाे । नेपालका लागी प्रदिप एेरीले सर्वाधिक नटअाउट ७५ रनकाे याेग्दान गरेका छन ।

    ६ रन जाेड्दा शून्य रनमै अाउट भएकाे नेपालकाे पारी प्रदिपले सम्हालेका थिए । उनले ६८ बलमा ६ चाैका र २ छक्काकाे मद्दतमा ७५ रन बनाएका हुन । त्यस्तै नेपालका अनिल कूमार साहले २७, दिपेन्द्रसिंह एेरीले १५, अारिफ शेषले १३ र करण केसीले नटअाउट ११ रनकाे याेग्दान दिएका छन ।भुटानले केहीबेरमा जवाफी ब्याटिङ गर्नेछ ।

    नेपाल  सबै खेलमा जित हासिल गर्दै प्रतियाेगिताकाे शिर्ष स्थानमा रहेकाे छ । नेपालले भाेली चीनसंग प्रतियाेगिता गर्ने भएकाे छ ।

    फेसबुक प्रतिक्रिया