• पोखरा प्रिमियर लिग (पीपीएल) को उद्घाटन

    नेपालपथ संवाददाता
    प्रकाशित मिति : ९ कार्तिक २०७५, शुक्रबार

    काठमाडौं । पोखरा प्रिमियर लिग (पीपीएल) को उद्घाटन प्रतिनिधिसभाका सभामुख कृष्णबहादुर महारा र गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले गरेका छन् । अतिथिद्वयले बलिङ र ब्याटिङ गर्दै संयुक्त रुपमा पीपीएल उद्घाटन गरेका हुन् ।
    पीपीएलको उद्घाटनका लागि शुक्रबार बिहानै पोखरा आइपुगेका महराले पीपीएलको उद्घाटन सत्रमा ब्याटिङ गरेका छन् । उनका लागि गण्डकी प्रदेशका मुख्यमन्त्री गुरुङले बलिङ गरे । उद्घाटन गर्दै पहिला ब्याटिङ गरेका महराले ३ बलमा ब्याटिङ गरे । उनले २ बलमा ब्याट छुन नसकेपनि एक बलमा ब्याट छोएका थिए भने गुरुङका लागि सभामुख महराले २ बल दिए । जसमा गुरुङले पहिलो बल नछोएपनि दोस्रो बलमा गुरुङले ब्याट छोए ।
    पीपीएलले पोखरालाई क्रिकेटको सहरका रुपमा पनि परिचित गराउने अथितिले विश्वास व्यक्त गरे । उद्घाटन खेलमा घरेलु टोली पोखरा पल्टनले विराटनगर टाइटन्ससँग प्रतिस्पर्धा गर्दैछ ।

    फेसबुक प्रतिक्रिया