• एसीसी यू-१९ छनोटमा नेपाल र हङकङ भिड्दै

    नेपालपथ संवाददाता
    प्रकाशित मिति : २४ असार २०७६, मंगलवार

    मलेसियामा जारी इस्टर्न रिजन एसीसी यू(१९ छनोट क्रिकेटको फाइनल खेलमा अहिले नेपाल र हङकङबीचको खेल जारी छ । किनरारा मैदानमा हङकङविरुद्ध टस जितेको नेपालले फिल्डिङ गर्ने निर्णय गरेको छ।

    उपाधि दाबदार मानिएका दुबै टोलीले एक अर्कालाई पराजित गर्दै यू(१९ एशिया कपमा स्थान बनाउने छ। एसिया कपमा भारत, पाकिस्तान, श्रीलंका, बांग्लादेश र अफगानिस्तानले प्रतिस्पर्धा गर्नेछन् ।

    सोमबार भएको पहिलो सेमिफाइनल खेलमा आयोजक मलेसियालाई ७ विकेटले पराजित गर्दै नेपालले फाइनमा स्थान बनाएको थियो । त्यस्तै दोस्रो सेमिफाइनल खेलमा हङकङले सिंगापुरलाई डिएल पद्दतिको आधारमा ५१ रनले पराजित गर्दै फाइनलमा स्थान बनाइएको हो ।

    नेपाली टिमले फाइनलका लागि सेमिफाइनलकै टिम मैदान उतारेको छ । आज पनि बिशाल विक्रम केसी, प्रतिस जिसी र लोकेश बमलाई विश्राम दिइएको छ ।

    फेसबुक प्रतिक्रिया