• लक्ष्मीको ‘फुङ्गालेर माइती देश’ (भिडियो)

    नेपालपथ संवाददाता
    प्रकाशित मिति : २५ असार २०७६, बुधबार

    हिन्दु महिलाहरुको महान चाँड तिज आउन अझै समय बाँकी भएपनि कलाकारहरुले तीज लक्षित गीतहरु सार्वजनिक गर्न थालेका छन् । कलाकारहरुका लागी तीजको रौनक लगभग छाएको छ । यतिबेला कलाकारहरु तीज गीत रेकर्ड तथा छायांकन गर्न व्यस्त छन् ।
    उनीहरुले अहिले तीजका लागि बनाएको गीत सार्वजनिक गर्न थालेका छन् । प्रत्येक बर्ष फरक फरक खालका तीज गीत सार्वजनिक गर्दै आएकी गायिका लक्ष्मी आचार्यले यो बर्ष ‘फुङ्गालेर माइती देश’ बोलको नयाँ तीज गीत सार्वजनिक गरेकी छन् ।
    गीतमा उनले घरको काम काज र तीजमा महिलालाई हुने उत्साहका बिषयसमेटेकी छन् । बिष्णु न्यौपानेको शब्द संगीत रहेको गीतमा थुप्रै कोरस प्रयोग गरिएका छन् ।
    भिडियोमा गायिका आचार्यकै अभिनय देख्न सकिन्छ । करण चैसिरको छायाँकन, प्रविन भट्टको सम्पादन रहेको गीतको भिडियो मौसम हिमालले निर्देशन गरेका हुन् ।

    फेसबुक प्रतिक्रिया