• मलेसियाद्धारा नेपालसामु १२९ रनको लक्ष्य

    नेपालपथ संवाददाता
    प्रकाशित मिति : २८ असार २०७६, शनिबार

    मलेसियाले नेपाललाई १ सय २९ रनको लक्ष्य सुम्पेको छ । क्वालालम्पुरस्थित किनरारा ओभलमा टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय गरेको मलेसियाले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १ सय २८ रन जोडेको हो ।

    खराव सुरुवात गरेको मलेसियाका लागि भिरन्दीपले ५७ रनको अर्धशतकीय पारी खेले । उनले ४९ बलमा ७ चौका र १ छक्का पहर गर्दै ५७ रनको अर्धशतकीय पारी खेलेका हुन् ।

    भिरन्दीपले दोस्रो विकेटका लागि फित्री शामसँग ४१ रनको साझेदारी गर्दा तेस्रो विकेटका लागि कप्तान अहमद फाइजसँग ५० रनको साझेदारी गरे । कप्तान फाइजले ३९ बलमा २ छक्का प्रहार गर्दै४५ रनको योगदान दिए ।

    मलेसियाले पहिलो विकेटको रुपमा सयेद अजिजलाई शुन्य रनमा गुमाउँदा दोस्रो विकेटको रुपमा १२ रनमो खेली रहेका फित्री शामलाई गुमाएको थियो । तेस्रो विकेटको रुपमा अर्धशतकीय पारी खेलेका भिरन्दीपलाई गुमाउँदा चौथो विकेटको रुपमा शाफिक शारिफलाई दुई रनमा गुमायो ।

    त्यस्तै अकीनुद्दीन रामलीर र शर्भिन मुनियान्डी, अन्वर रहमन शुन्य रनमा पेभिलिएन फर्किदा मुहमद सयेहदत ८ रनमा आउट भए । नेपालका लागि करन केसीले तीन विकेट लिए । त्यस्तै बसन्त रेग्मी र सन्दीप लामिछानेले समान दुई दुई तथा सोमपाल कामीले एक विकेट लिए ।

    फेसबुक प्रतिक्रिया