• कुवेतको आप्रवासी बस्ने अपार्टमेन्टमा आगलागी, ३ नेपालीको मृत्यु, अरु पनि फसेको हुनसंक्ने आशंका

    नेपालपथ संवाददाता
    प्रकाशित मिति : २९ असार २०७६, आईतवार

    कुवेतको आप्रवासी बस्ने एक अपार्टमेन्टमा आगो लाग्दा तीन जना नेपालीको मृत्यु भएको छ । मृत्यु हुनेमा सर्लाहीका विजय बैठा र अरु दुई जना महिला रहेका छन् ।

    मृतक महिलाहरु अप्सरा कामी र गौरी दर्जीको नेपालको ठेगाना खुल्न नसकेको कुवेतस्थित नेपाली दूतावासले जनाएको छ । अपार्टमेन्टमा गयराति आगलागी भएको हो ।

    आगलागीमा परेर अरु केही घाइते भएको र ती नेपाली हुन् या होइनन भन्ने पहिचान हुन नसकेको दूतावासको भनाई उदृत गर्दै परराष्ट्रमन्त्रालयले जनाएको छ ।

    आगलागीमा परेका १२ जनाको उद्धार गरिएको छ । आगलागी भएको स्थान महाबुल्लाहमा उल्लेख्य मात्रामा नेपाली कामदार बस्दै आएका छन् । आगलागीको कारण सकेको छैन ।

    फेसबुक प्रतिक्रिया