• पानीमा भिज्दै ११ लाख लिएर बिनोद रानाभाटको घर पुगे- शिशिर भण्डारी ! कतारबाट फोन गरेर बिनोदले यस्तो भने (भिडियो हेर्नुस)

    नेपालपथ संवाददाता
    प्रकाशित मिति : ३१ असार २०७६, मंगलवार

    काठमाडौं (शिशिर भण्डारी)- घाम पानी नभनी अहोरात्र सामाजिक सेवामा लाग्दै दुखी, पिडित र सँकटमा रहेका नेपालीहरुको पिडालाई कम गर्ने युटुब च्यानल नयाँ नयाँ न्युज नेपाल मार्फत् हाम्रो प्रयाश सधैं अघि बढिरहेछ ।

    बिनोद रानाभाट सहयोग अभियानमा निरन्तर बर्षाको वास्ता नगर्दै तपाई महान सहयोगीहरुले पठाउनु भएको ११ लाख ३४ हजार ९ सय ९७ रुपैंया सहयोग लिएर हामी भरतपुर १५, बिष्णुपुरमा रहेको बिनोदको घरमा फेरी पुग्यौं । आँशुमा डुबेको यो परिवारमा छोरासँगै खुशी फर्केला कि भन्ने आशा बाँच्दै थियो ।

    सहयोग लिएर बिनोदको आमाले आफु बर्षौपछि खुशी हुन थालेको बताउँदा, बुवाले छोरा फर्कने दिन कुरिरहेको छु भन्दा र “हजुरआमा पहिलो तलबले हजुरको दाँत बनाउन पैसा पठाईदिन्छु है” भनेको नाती ३० महिनादेखि जेलमा थुनिदा हरेक दिन रोईरहनुभएकी ७० नाघ्नुभएकी हजुरआमाले तपाईहरु भगवान भएर आउनु भयो भन्दै रुदै मनैदेखि आशिष दिदाँको पल बिर्सन नसकिने थियो । सम्पुर्ण सहयोगीहरुलाई मनैदेखि सम्मान र नमन ।

    हजुरहरुको बिश्वास नतोड्दै अझै यस्तै राम्रा कामहरु गर्दै जानेछौं । हस्तान्तरण गरिएको रकम आजै समितिको खातामा जम्मा भैसकेको छ ।

    फेसबुक प्रतिक्रिया