• टी–२० विश्वकप एसिया छनोटमा नेपालले आज सिंगापुरसंग प्रतिस्पर्धा गर्दै

    नेपालपथ संवाददाता
    प्रकाशित मिति : १२ श्रावण २०७६, आईतवार

    आईसीसी टी–ट्वान्टी विश्वकप छनोट अन्तर्गत एसिया फाईनलको अन्तिम खेलमा आज नेपालले सिंगापुरसंग प्रतिस्पर्धा गर्दैछ । खेल सिंगापुरको ईन्डियन एसोसियसन मैदानमा नेपाली समय अनुसार बिहान सवाँ ७ बजे शुरु हुँदैछ ।

    विश्वकपको ग्लोबल छनोटमा पुग्न दुवैका लागि अन्तिम खेल महत्वपुर्ण छ । नेपाल र सिंगापुर अन्तिम खेलमा जित निकाल्दै अघिल्लो चरणमा प्रवेश गर्न चाहन्छन् । अघिल्लो चरण पुग्न नेपाललाई जितको विकल्प छैन ।

    प्रतियोगिताको एक मात्र अपराजित टोली सिंगापुर समेत नेपाललाई निराश बनाउँदै ग्लोबल छनोटमा स्थान बनाउन चाहन्छ । खेल बराबरी वा बर्षाले प्रभावित भएको अवस्थामा सिंगापुर अघिल्लो चरण प्रवेश गर्नेछ । नेपाल समुह चरणको दोस्रो स्थानमा छ ।

    उसले ३ खेलबाट ४ अंक जोडेको छ । शीर्ष स्थानको सिंगापुरको समान खेलबाट ५ अंक छ । आइतबार हुने खेलमा घरेलु टोली सिंगापुरलाई पराजित गर्न सके नेपाल छनोट चरणको एसिया च्याम्पियन बन्नेछ ।

    एसियाली छनोटको विजेता टोलीले अक्टोबर ११ देखि नोभेम्बर ३ सम्म युएईमा हुने ग्लोवल क्वालिफायरमा स्थान बनाउनेछ ।

    फेसबुक प्रतिक्रिया