• मेयर–उपमेयरबीच ठाउँठाउँमा बोलचाल बन्द

    नेपालपथ संवाददाता
    प्रकाशित मिति : २४ श्रावण २०७६, शुक्रबार

    मध्यपुर थिमि नगरपालिका मेयर मदन सुन्दर श्रेष्ठ र उपमेयर अञ्जनादेवी मधिकर्मीबीच एक वर्षदेखि बोलचाल बन्द छ ।

    सोही कारण नगरपरिषद् बस्न सकेको छैन । आइतबार नगरपरिषद्को बैठक बोलाइएको भए पनि उपमेयर मधीकर्मी सहित नेपाली कांग्रेसबाट निर्वाचित १ र २ वडाअध्यक्षले बहिस्कार गरे ।

    रौतहट कटरिया नगरपालिकामा मेयर र उपमेयरको विवाद योभन्दा ठूलो छ । यो विवाद उच्च अदालत वीरगन्जमा समेत पुग्यो । उपमेयर नुरजाह खातुनले मेयरबाट आफूमाथि ज्याजति भएको आरोप लगाएकी छिन् ।

    रौतहटको गरुडा नगरपालिका प्रमुख प्रशासकीय अधिकृत टेकराज पन्थी मेयर र उपमेयरबीचको विवाद कटहरिया मात्र नभई ठाउँठाउँमा उत्कर्षमा पुगेको बताउँछन् । म्याग्दीको बेनी नगरपालिका मेयर र उपमेयरबीचको झगडा पनि उत्कर्षमा पुगेको छ ।आजको नागरिक दैनिकमा समाचार छ ।

    फेसबुक प्रतिक्रिया