• पर्साको कालिकामाईमा महिलाको धारिलो हतियार प्रहार गरी हत्या

    नेपालपथ संवाददाता
    प्रकाशित मिति : ३२ श्रावण २०७६, शनिबार

    पर्साको कालिकामाई–५ मा एक महिलाको धारिलो हतियार प्रहार गरी हत्या भएको छ ।

    स्थानीय ३५ वर्षीया संगीतादेवी कुर्मीको हत्या भएको हो । जिल्ला प्रहरी कार्यालय, पर्साका अनुसार घटनामा संलग्न भएको आरोपमा कुर्मीका श्रीमान् मुक्ति नारायण राउत कुर्मीको खाजी भइरहेको छ ।

    नारायणले आफ्नै घरमा धारिलो हतियार प्रहार गरी श्रीमतीको हत्या गरेको प्रहरीले जनाएको छ । इलाका प्रहरी कार्यालय, पोखरियाका प्रहरी निरीक्षक चन्द्रकुमार सिंहले भने, ‘सामान्य घरायसी झगडामा नारायणले दाउले श्रीमतीको घाँटीमा प्रहार गरेको देखिएको छ ।’

    प्रहरीका अनुसार घटना भएको वेला ३ जना छोराछोरी साथमै थिए । कुर्मीको शवलाई पोष्टमार्टमका लागि नारायणी अस्पताल, वीरगञ्ज पठाइएको प्रहरीले जनाएको छ ।

    फेसबुक प्रतिक्रिया