• हरि विष्टको यो सालको तिज गित ‘माइतीको देश २’ को व्यापक चर्चा

    नेपालपथ संवाददाता
    प्रकाशित मिति : १ भाद्र २०७६, आईतवार

    नेपाली हिन्दु नारीहरूको महान चाड हरितालिका तीज नजिकिँदै छ। यसै तीजको अवसरमा कलाकारहरूले तीजका भाकाहरू बजारमा पठाइरहेका छन्। मौलिकताले भरिपुर्ण तिज गित सिर्जना गर्न माहिर सर्जक हरि विष्टले    यसपालि ‘माइतीको देश २’ बोलको तीज भाका बजारमा पठाएका छन्।

    उक्त गीतमा लोकप्रिय गायिका टिका पुनको आवाज रहेको छ। हरि विष्टको शब्द संगीत रहेको गीतको संगीत संयोजन झलक संगीतमले गरेका छन्। मौसम हिमालीले निर्देशन गरेको गीतमा वरिष्ठ कलाकार नीर शाह, रमा थपलिया, प्रकाश गिरी र ममता खड्काको अभिनय रहेको छ। करण चैसिरले गीतका दृश्यहरू क्यामेरामा कैद गरेका हुन् भने प्रविण भट्टले म्युजिक भिडियो सम्पादन गरेका छन्।

    फेसबुक प्रतिक्रिया