• शिल्पा पोखरेललाई नपक्रन सर्वोच्चद्वारा अल्पकालीन अन्तरिम आदेश

    नेपालपथ संवाददाता
    प्रकाशित मिति : २ भाद्र २०७६, सोमबार

    सर्वोच्च अदालतले अभिनेत्री शिल्पा पोखरेललाई नपक्रन अल्पकालीन अन्तरिम आदेश जारी गरेको छ प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको एकल इजलासले आदेश गरेको हो।

    उच्च अदालत र जिल्ला अदालतको पक्राउ गरेर कारबाही अघि बढाउन गरेको आदेशको बिरुद्धमा शिल्पाले दायर गरेको रिटमा सर्वोच्चले अल्पकालीन आदेश जारी गरेको हो।

    शिल्पाले साउन २९ गते सर्वोच्चमा रिट दायर गरेकी थिइन्। साउन २४ गते भएको सुनुवाइपछि कलाकार शिल्पा पोखरेल र निर्माता छवि ओझालाई पक्राउ गर्न जिल्ला अदालत काठमाडौंले दिएको आदेशलाई उच्च अदालतले सदर गरेको थियो।

    उच्च अदालतका न्यायाधीशद्वय रमेशप्रसाद राजभण्डारी रसरलाकुमारी पाण्डेको संयुक्त इजलासले नायिका पोखरेलले दायर गरेको रिटमा अन्तरिम आदेश दिन अस्वीकार गर्दै जिल्ला अदालतको आदेश सदर गर्दै उनीहरुलाई पक्राउ गर्न बाटो खोलिदिएको थियो।

    फेसबुक प्रतिक्रिया