• नेकपाकोे तेस्रो वरियताको नेतामा झलनाथ, नेपाल चौथो नम्बरमा

    नेपालपथ संवाददाता
    प्रकाशित मिति : २ भाद्र २०७६, सोमबार

    नेपाल कम्युनिस्ट पार्टी (नेकपा)कोे तेस्रो वरियताको नेतामा झलनाथ खनाललाई राख्ने निर्णय भएको छ ।

    योसंगै मधव नेपालको तेस्रो वरियता खोसिएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको नेकपाको सचिवालय बैठकले झलनाथ खनाललाई तेस्रो वरियतामा राख्ने निर्णय गरेसंगै नेपाल चौथो नम्बरमा पुगेका ह्न् ।

    यसअघि दुबै जनालाई बरिष्ठ नेता भनिएको थियो भने मर्यादाक्रममा नेपाल अघि थिए ।

    निर्णयसँगै बरियता घटुवामा परेका नेता नेपालले असन्तुष्टि जनाएका छन् ।तत्कालिन एमालेमा अध्यक्ष ओलीपछि दोस्रो बरियतामा रहेका नेता खनाल पार्टी एकिकरणपछि चौथो बरियतामा पुगे । तेस्रोे बरियतामा नेता नेपाल आए ।

    झण्डै डेढ वर्षसम्म खनालको असन्तुष्टि सुनुवाई भएको थिएन । तर, नेकपाको आन्तरिक समिकरणमा आएको उथलपुथलसँगै खनालको माग सम्बोधन भएको छ ।

    फेसबुक प्रतिक्रिया