• दुर्गेशको तिज तीज यो वर्षकै सर्वाधिक हिट,आधा करोड बढिले हेरिसके

    नेपालपथ संवाददाता
    प्रकाशित मिति : १२ भाद्र २०७६, बिहीबार

    यति बेला एउटा तीज गीत निक्कै चर्चामा छ । गायक दुर्गेश थापाको ‘बिच,बिच’मा । यो गीत सामाजिक सञ्जालका स्टाटसमा होस या टिक टकमा निकै छाएको छ । गीत खासै भिन्न किसिमको नभए पनि तर आधुनिक किसिमले तीज मनाउन पर्छ भन्ने खालको छ ।

    उसो गरि तीज हिन्दु नारिहरुको महान चाँड हो । तीजमा महिलाहरुले मात्रै मनाउछन् भन्ने परमरागत मान्यता स्थापित हुदै आएको छ । तर यो गीतमा महिला मात्रै नभएर पुरुष पनि तीजमा नाच्नु पर्छ भन्ने आधुनिक सोचमा निर्मित छ ।

    उसो त तीजलाई नारिहरुको बेदना र पिडाहरु समेटेर बर्षमा एकपटक नाच्नुपर्छ गाउनु पर्छ भन्ने थियो । पछिल्लो समय तीज दुःख बेदना भन्दा पनि रमाइलो र माहिलाहरु अधिकारका कुरा गर्दै माया र प्रेमसंग आधारित रहेर बनेका गीहरुमा रमाइरहेका भेटिन्छन् ।

    यसैको उपज पनि हुनसक्छ गायक दुर्गेशको गीतमा अब पुरुष पनि नाच्न पर्छ भन्ने भाव समेटिएको । गीतमा भनिए जस्तै दिदि बहिनी मात्रै नाच्छन् जहिले पनि तीजमा हामी पनि नाँच्न पर्छ बिच बिचमा । यो गीत यसकारण पनि निक्कै चर्चामा रहेको छ ।

    गीत सार्वजनिक भएको २ सातामा सर्वाधिक हेरिएको छ य्ट्यूवमा । य्ट्यूवमा अप्लोड भएको गीत ‘बिच,बिच’मा लाई ५० लाख दर्शकले हेरेका छन् ।

    फेसबुक प्रतिक्रिया