• यस्तो छ-फिफा विश्वकप छनोटका लागि नेपाली टिम

    नेपालपथ संवाददाता
    प्रकाशित मिति : १२ भाद्र २०७६, बिहीबार

    कतारमा सन् २०२२ मा आयोजना हुन लागेको फिफा विश्वकप अन्तर्गत एसियन छनोट दोस्रो चरणका नेपाली टोली घोषणा भएको छ । मुख्य प्रशिक्षक जोहान कालिनले छनोट अन्तर्गत कुवेत र चाइनिज ताइपेइसँगको लागि २३ सदस्यीय नेपाली टोलीको घोषणा गरेका हुन् ।

    घोषित टोलीको गोलकिपरमा किरण चेम्जोङ, विकेश कुथु र विशाल श्रेष्ठ छन् । डिफेन्डरमा सरोज दाहाल, अजित भण्डारी, दिनेश राजवंशी, अनन्त तामाङ, देवेन्द्र तामाङ, रजिन धिमाल, सुमन अर्याल छन् ।मिडफिल्डमा सुनिल बल, रवि पासवान, अन्जन विष्ट, सुजल श्रेष्ठ, हेमन गुरुङ, विक्रम लामा, सन्तोष तामाङ, विशाल राई र रोहित चन्द छन् ।

    फर्वाडमा विमल घर्तिमगर, अभिषेक रिजाल, नवयुग श्रेष्ठ छन् ।नेपालले छनोट अन्तर्गत आगामी विहिबार समूह बि को पहिलो खेलमा कुवेतसँग प्रतिस्पर्धा गर्दै विश्वकप छनोट यात्रा सुरु गर्नेछ । यस्तै भदौ २४ गते मंगलबार चाइनिज ताइपेइसँग खेल्नेछ । मलेसियन लिग च्याम्पियन टोलीसँगको मैत्रीपूर्ण खेलका लागि टोलीमा समावेश नगरिएका विराज महर्जन विश्वकप छनोटमा पनि पर्न असफल भएका छन् ।

    यस्तै गोलकिपर एलन न्यौपाने र विमल राना पनि टोलीमा अटाएनन् । न्यौपानेको स्थानमा किरण थपिँदा विमल रानाको स्थानमा रोहित चन्द समावेश छन् । रोहित आज इन्डोनेशियाबाट नेपाल फर्किंदैछन् ।

    फेसबुक प्रतिक्रिया