• नाडा अटो शोका आकर्षणः १० लाखसम्म नगद छुट, आइफोन उपहार र दुवईदेखी युरोप ट्रिप

    नेपालपथ संवाददाता
    प्रकाशित मिति : १२ भाद्र २०७६, बिहीबार

    १० भदौदेखि काठमाडौंको भृकुटीमण्डपमा सवारी साधनहरुको कुम्भमेला नाडा अटो शो संचालन भइरहेको छ । प्रत्येक वर्ष दशैं अगाडि आयोजना हुने नाडा अटो शोको यो १४औं संस्करण हो ।अटो शोमा विभिन्न ब्राण्डका सवारी साधनले विभिन्न योजना ल्याएर ग्राहक तान्ने प्रतिस्पर्धा नै गरेका छन् । अटो शोको आफ्नो स्टललाई राम्रोसँग सजाएर आकर्षक देखाउनेदेखि आकर्षक मोडेलहरु राखेर ग्लामरस बनाउने प्रयास पनि गरिएको छ ।

    अटो शोमा गाडी खरिद गर्नेहरुलाई ऋण दिन ११ वटा बाणिज्य बैंक र एउटा विकास बैंक स्टल नै राखेर बसेका छन् । अन्य सबै कर्जामा आधार दरमा प्रिमियम थप गर्ने बैंकहरुले गाडी खरिदमा भने प्रिमियम नजोडी कर्जा प्रवाह गरिरहेका छन् । बैंकहरुको यस्तो योजनाले गाडी खरिद गर्दाको ऋणको व्याज १० प्रतिशतको हाराहारीमा छ भने पैसा कम हुनेहरुलाई पनि ऋण लिएर गाडी किन्न सक्ने अबस्था सिर्जना भएको छ ।

    केही गाडी विक्रेता र मोटरसाइकल विक्रेताले भने दशैं योजना पनि नाडा अटो शोदेखि नै सुरु गरेका छन् । यस्ता योजनामा नगद छुटदेखि अन्य उपहारको व्यवस्था छ । कुन ब्राण्डका गाडी र मोटरसाइकलले नाडामा बुकिङ गर्दा के कस्तो छुट र उपहार योजना ल्याएका छन् भनेर यहाँ जानकारी दिइदैछ ।

    ह्युण्डाई

    ह्युण्डाई ब्राण्डको गाडी किन्नेले १ लाख रुपैयाँदेखि ३ लाख ५० हजार रुपैयाँसम्म नगद छुट पाउने छन् । यस्तै कार्ड स्क्र्याच गरी २० हजार रुपैयाँदेखि १ लाख रुपैयाँसम्म अर्काे छुट पाउन सक्ने योजना पनि ह्युण्डाईका गाडी किन्नेले पाउने छन् ।

    ह्युण्डाईले खरिदकर्तालाई १ वर्षसम्मको बीमा, एक वर्षसम्मको सडक दस्तुर पनि छुट दिने योजना ल्याएको छ । लक्की ड्रमार्फत १० जोडीलाई ४ रात ५ दिनको दुबई ट्रीप तथा बम्पर उपहारमा एउटा स्यान्ट्रो र एउटा भेन्यू गाडी राखिएको छ ।

    इसुजु

    नाडाकै अवसर पारेर इसुजु ब्राण्डले १ लाख रुपैयाँदेखि २ लाख रुपैयाँसम्म नगद छुटको योजना ल्याएको छ । यस्तै एक वर्षसम्मको बीमा र सडक दस्तुर पनि उपभोक्ताले तिर्नु नपर्ने उसको योजना छ । इसुजुले १ वर्षको सर्भिसिङ फ्रि र ३ वर्षको वारेन्टी योजना ल्याएको छ ।

    भक्सवागन

    भक्सवागन ब्राण्डले आफ्नो पालो टिएलको मूल्य बढाएको छैन । नयाँ मूल्य अनुसार २८ लाख ४५ हजार रुपैयाँ पर्ने सो गाडी अटो शोमा खरिद गर्नेलाई २६ लाख ९० हजार रुपैयाँमा नै उपलब्ध गराइने भएको छ ।

    यो बाहेक भक्सवानका गाडी किन्नेले निशुल्क रुपमा एसेसरिज पाउने, १ वर्षसम्मको सडक दस्तुर तिर्नु नपर्ने, १० वर्षसम्म फ्रि सर्भिसिङ र २ वर्षसम्म रोड साइड (बाटोमा गाडी विग्रे कम्पनीको गाडीले गएर मर्मत सम्भार र उद्धार गर्ने) सेवा प्रदान गर्नेछ ।

    बीवाइडी

    यो ब्राण्डका विद्युतीय सवारी मात्रै उपलब्ध छन् । शोरुम मूल्य ६६ लाख तोकिएकोमा अटो शोको अवसर पारेर ६५ लाख रुपैयाँमा नै उपलब्ध गराइएको नेपाली आधिकारिक वितरकले जानकारी दिएको छ । यस्तै बीवाईडी कम्पनीका गाडी किन्दा एक वर्षको बीमा र १ वर्ष निशुल्क चार्जिङ सुविधा उपलब्ध हुनेछ ।

    बीवाइडीका गाडी विद्युतीय भएकोले यस्तो गाडी किन्न २० प्रतिशत डाउन पेमेन्ट भए हुन्छ । बाँकी ८० प्रतिशतसम्म बैंकले ऋण दिन्छ ।

    फोर्ड

    फोर्ड गाडीको नेपाली आधिकारिक वितरकले पनि आफ्नो ब्राण्ड खरिद गर्नेलाई विभिन्न योजना ल्याएको छ । फोर्डका गाडी किन्नेले २० हजार रुपैयाँदेखि ५० हजार रुपैयाँसम्म नगद छुट पाउने छन् ।

    यस्तै कार्ड स्क्र्याच गर्दा ६० हजार रुपैयाँदेखि ३ लाख रुपैयाँसम्म छुट पाइने, यस्ताृ कार्ड ३ वटासम्म स्क्र्याच गर्न पाइने तथा १ वर्षसम्मको बीमा र सडक दस्तुर तिर्न नपर्ने योजना ल्याइएको छ । नाडामा गाडी बुकिङ गर्नेलाई १० हजारदेखि १५ हजार रुपैयाँसम्मको गिफ्ट ह्याम्पर दिने फोर्डको आधिकारिक वितरकले जानकारी दिएको छ ।

    रेनोल्ट

    यो कम्पनीका गाडी खरिद गर्नेले १ लाख २८ हजार ५ सय रुपैयाँदेखि १ लाख ३५ हजार रुपैयाँसम्म नगद छुट पाउने छन् । यस्तै १ वर्षको बीमा रकम तिर्नु नपर्ने, एसेसरिजमा छुट, एक्सचेन्ज अफर, लोयाल्टी बोनस जस्ता योजना जोड्दा यो ब्राण्डका गाडी खरिद गर्नेले २ लाख २५ हजार रुपैयाँदेखि ३ लाख ५० हजार रुपैयाँसम्म छुट पाउने छन् ।

    स्कोडा

    यो कम्पनीका गाडी किन्नेहरुका लागि पनि विभिन्न उपहार र छुट छ । स्कोडाले १ लाख रुपैयाँसम्म लोयाल्टी बोनस दिनेछ । यस्तै युरोप ट्रिपको योजना पनि समावेश गरिएको छ ।

    सुजुकी

    दशैँ, तिहार र छठलाई लक्षित गर्दै सुजुकीले पर्वोत्वस नामक अफर सार्वजनिक गरेको छ । नाडा अटो शोमा पनि सुजुकीले यही अफर अन्र्तगत कार विक्री गरिरहेको छ ।

    अफरमा सुजुकीले नयाँ गाडी खरिदमा दुई लाख रुपैयाँसम्मको छुट दिने बताएको छ । गाडी एक्सचेञ्जमा १ लाख रुपैयाँसम्म छुट दिनेछ । कुपन मार्फत पनि एक लाख रुपैयाँसम्मको छुट उपलब्ध छ सुजुकीका गाडीमा ।

    यस बाहेक नाडा अटो शोभरी गाडी बुकिङ गर्नेलाई ५० हजार थप छुटको पनि सुविधा सुजुकीले दिएको छ । १ वर्षको वारेन्टीसहित सडक कर र नामसारी शुल्क नलाग्ने पनि सुजुकीले जनाएको छ ।

    पिग्युट

    नाडा अटो शोका लागि पिग्युटले गाडी खरिदमा ८ लाख रुपैयाँदेखि १० लाख रुपैयाँसम्म छुटको अफर सार्वजनिक गरेको छ ।

    होण्डा

    होण्डाले गाडीको मूल्यमा डेढ लाखदेखि तीन लाख रुपैयाँसम्म छुटको अफर ल्याएको छ । १ वर्षको बीमा, सडक कर पनि होण्डाले नै व्योहोर्ने छ । यसैगरी होण्डाले वार्षिक ९.५ प्रतिशतमा ७ वर्षे अवधिको फाईनान्स सुविधा पनि उपलब्ध गराएको छ ।

    एमजी

    एमजीले आफ्ना गाडी खरिदमा अधिकतम २ लाख ५० हजार रुपैयाँ छुट दिने बताएको छ । एमजीका गाडी खरिदमा एक वर्षको बीमा, सडक कर कम्पनीले नै तिरिदिने बताएको छ ।

    फोटोन

    फोटोन कम्पनीले आफ्ना गाडी खरिदमा अधिकतम ४ लाख रुपैयाँ छुट दिएको छ । एक वर्षको सडक कर र बीमा निशुल्क हुने समेत कम्पनीले बताएको छ ।

    जिप

    जिपले एक वर्षको वारेन्टी सहित गाडीको पार्टपुर्जा निशुल्क उपलब्ध गराउने बताएको छ । यस बाहेक एक वर्षको बीमा र एक्सचेञ्ज अफर रहेको बताएको छ ।

    साङयोङ

    यो कम्पनीका गाडी खरिद गर्दा ५ वर्षको सर्भिस सुविधा छ । यस्तै ५ लाख रुपैयाँसम्म नगद छुट छछुट । गाडी खरिदकर्तालाई १ लाख रुपैयाँ मूल्यको सामसुङ नोट १० फोन उपहार दिइने नेपाली आधिकारिक वितरकले जानकारी दिएको छ । कम्पनीले नै एक वर्षको सडक कर, एक वर्षको बीमा गनिदिने भएको छ ।

    महिन्द्रा

    महिन्द्रा गाडी खरिदमा ५० हजार रुपैयाँदेखि १ लाख ५० हजार रुपैयाँसम्म छुट पाईनेछ । एक वर्षको सडक कर र एक वर्षको बीमा कम्पनीले नै गरिदिने बताएको छ ।

    निशान

    निशानका गाडी खरिदमा २० हजार रुपैयाँसम्म छुट पाईनेछ । ३१ हजार रुपैयाँ बराबरको मोबाईल र ९० हजार रुपैयाँ बराबरका एसेसरिज सुविधा उपलब्ध छन् ।

    टाटा

    टाटाका गाडी खरिदमा एक जोडीलाई दुबई भ्रमणको प्याकेज छ । १ वर्षको सडक कर निःशुल्क छ भने कम्पनीले आईफोन एक्स र ५५ इन्चको टेलिभिजन दिनेछ ।

    रेनोल्ट

    रेनोल्टका गाडी खरिदमा २ लाख २५ हजार रुपैयाँदेखि ३ लाख ५० हजार रुपैयाँसम्मको छुट पाईनेछ । एक वर्षको बीमा, सडक कर पनि निःशुल्क हुनेछ ।

    मोटरसाइकल

    बिएमडब्लु 

    बिएमडब्लु मोटरसाईकल खरिद गर्दा ३३ हजार रुपैयाँसम्म छुट पाईनेछ । एक वर्षको बीमा र एजीभी हेलमेट निशुल्क उपलब्ध हुनेछ ।

    दि गो

    विद्युतीय मोटरसाईकल र स्कुटर उत्पादन गर्ने यो कम्पनीले अधिकतम ५० हजार रुपैयाँ छुट दिने बताएको छ । दि गोका मोटरसाईकल र स्कुटरमा दुई वर्षको वारेन्टी छ ।

    जिपिएक्स

    जिपिएक्सका मोटरसाईकल खरिदमा १५ हजारदेखि ४० हजार रुपैयाँसम्म छुट पाईने छ ।

    सुजुकी

    सुजुकीका मोटरसाईकल खरिदमा अधिकतम १० हजार रुपैयाँ छुट पाईनेछ । र, एउटा हेलमेट सित्तैमा पाईनेछ ।

    रोयल इन्फिल्ड

    रोयल इन्फिल्डका मोटरसाईकल खरिदमा लेग गार्ड र हेलमेट निःशुल्क पाईनेछ ।

    रनर

    रनर कम्पनीका मोटरसाईकल खरिदमा अधिकतम १० हजार रुपैयाँसम्म छुट पाईनेछ । मोटरसाईकल खरिदमा एउटा हेलमेट, रेनकोट निःशुल्क उपलब्ध हुनेछ ।

    केटिएम

    केटिएमका मोटरसाईकल खरिदमा १५ हजार रुपैयाँसम्म छुट पाइनेछ । यस्तै ४ हजार रुपैयाँ मूल्यको हेलमेट निःशुल्क र ६ पटक निःशुल्क सर्भिसिङ सुविधा छ ।

    टिभिएस

    टिभिएसका मोटरसाइकल खरिदमा १ लाख रुपैयाँसम्म छुट र शतप्रतिशत क्यास ब्याक अफर राखिएको छ ।

    होण्डा

    होण्डाका मोटरसाईकल खरिदमा एक लाख रुपैयाँसम्मको नगद छुट पाईनेछ । यस्तै ४५ सय रुपैया बराबरको सर्भिस कुपन र ५ वर्षका लागि स्पेयर पार्टस्मा १० प्रतिशत छुट पाईनेछ ।

    बेन्ली

    बेन्लीका मोटरसाइकल खरिदमा एक वर्षको बीमा र हेलमेट निःशुल्क गरिएको छ । ६ हजार रुपैयाँदेखि १२ हजार रुपैयाँसम्म छुट पनि पाईनेछ ।

    एमपी अगष्टा

    यो इटलीको मोटरसाइकल हो । यो कम्पनीको ६१ लाख ९० हजार रुपैयाँको एउटा मोटरसाइकल अटो शोमा राखिएको छ । यो कम्पनीको मोटरसाइकल खरिद गर्दा ३ वर्षसम्मको फ्रि सर्भिसिङ राखिएको छ ।

    यामाहा

    यो ब्राण्डका मोटरसाइकल खरिद गर्दा अटो शोदेखि दशैसम्मको योजनामा सहभागी हुन पाइनेछ । यो योजनामा मोटरसाइकल खरिद गर्दा स्क्र्याच कार्ड मार्फत ७ हजारदेखि १ लाख रुपैयाँसम्म छुट, लक्की ड्रमार्फत हरेक दिन एक जनालाई १ लाख रुपैयाँ उपहार र बाइकको बारेमा इन्क्वायरी गर्नेलाई प्रत्येक दिन एक जनालाई आइफोन एक्स दिने योजना सार्वजनिक गरिएको छ ।

    बजाज

    दशैं र तिहार चाडपर्वको विशेष उपलक्ष्यमा बजाज मोटरसाइकलको एकमात्र आधिकारिक वितरक हंसराज हुलासचन्द एण्ड कम्पनीले ‘अब कति जितिन्छ पहिल्यै देखिन्छ’ भन्ने नारासहित ‘बजाज भविष्य वाणी’ सार्वजनिक गरेको छ ।

    बजाजको भविष्यवाणी क्याम्पेनमा ग्राहकहरुले बजाज मोटरसाइकल किन्नु अगाडि स्क्रयाच कार्ड प्राप्त गर्नेछन्, जसमार्फत उनीहरुले १ लाख रुपैयाँसम्मको सियोर सट डिस्काउन्ट थाहा पाउन सक्नेछन् ।

    यस्तै उनीहरुले बजाज मोटरसाइकलको खरिद पश्चात फेरि अर्को स्क्रयाच कार्ड प्राप्त गर्नेछन्, जसमा उनीहरुले १ लाख रुपैयाँसम्मको नगद छुट पाउनेछन् । यस योजना अन्तर्गत ग्राहकहरुले बजाजको कुनै पनि आधिकारिक डिलरबाट मोटरसाइकल खरिद गरेर मोटरसाइकल किन्नु अगाडि नै १ लाख रुपैयाँसम्मको नगद जित्न सक्छन् । खरिद गरेपछि पनि १ लाख रुपैयाँसम्म नगद जित्न सक्ने कम्पनीले जानकारी दियो ।

    बिल्मोलाड

    बिल्मोलाड हेलमेट विक्री तथा उत्पादन गर्ने थाईल्याण्डको कम्पनी हो । यो कम्पनीले ९ हजार रुपैयाँदेखि १२ हजार रुपैयाँसम्मका हेलमेट विक्रीमा राखेको छ । यो कम्पनीले नाडा अटो शोको अवसर पारेर ५ सयदेखि १५ सय रुपैयाँसम्म छुट दिएको छ ।

    फेसबुक प्रतिक्रिया