दोलखामा सुख्खा पहिरोले पुरिदा एकको मृत्यु, दुई घाइते

  • २०८० माघ १, सोमबार (७ महिना अघि)
  • २२१ पटक पढिएको
दोलखामा सुख्खा पहिरोले पुरिदा एकको मृत्यु, दुई घाइते

काठमाडौं- दोलखामा सुख्खा पहिरोमा पुरिएर एक जनाको ज्यान गएको छ भने दुई जना घाइते भएका छन् ।

Advertisement

सोमबार दोलखाको बिगु गाउँपालिका–१ लामाबगरबाट लप्ची जाने सडक निर्माणको क्रममा सुख्खा पहिरो खस्दा पहिरोमा पुरिएर बिगु गाउँपालिका–१ का २२ वर्षीय कुसुङ तामाङको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दोलखाले जानकारी दिएको छ ।

प्रहरीका अनुसार सडक खन्ने क्रममा देउरालीमा दिउँसो नासा हाइड्रो पावरमा कार्यरत उनीहरूलाई पहिरो पुरेको थियो । बिगुकै ५८ वर्षीय रसमान तामाङ र २८ वर्षीय दिलकुमार तामाङ पनि घाइते भएका छन् ।

लेखकको बारेमा

  • स्रोतहरू खुलाइएका बाहेक नेपालपथ मिडिया नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् ।

    लेखकबाट थप
  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    खोजी गर्नुहोस

    ताजा अपडेट