कक्षा ११ र १२ को परीक्षाका लागि फागुन २१ गतेभित्र आवेदन फाराम बुुझाउनुपर्ने

  • २०८० माघ ८, सोमबार (१० महिना अघि)
  • २६१ पटक पढिएको
कक्षा ११ र १२ को परीक्षाका लागि फागुन २१ गतेभित्र आवेदन फाराम बुुझाउनुपर्ने

काठमाडौं– कक्षा १२ को नियमित, ग्रेडवृद्धि तथा कक्षा ११ को ग्रेडवृद्धि परीक्षाका लागि विद्यार्थीले फागुन २१ गतेभित्र फारम भर्नुपर्ने भएको छ ।

Advertisement

राष्ट्रिय परीक्षा बोर्डले २०८१ सालमा सञ्चालन गरिने कक्षा ११ को ग्रेडवृद्धि र कक्षा १२ को वार्षिक परीक्षामा सहभागी हुने नियमित र ग्रेडवृद्धितर्फका विद्यार्थीका लागि माघ मसान्तभित्र परीक्षा शुल्क बापतको रकम दाखिला गर्न भनेको छ ।

माघ मसान्तभित्र रकम दाखिला गर्न छुटेका विद्यार्थीहरुले फागुन १५ गतेसम्म अविलम्ब शुल्कसहित रकम बुझाइ राष्ट्रिय परीक्षा बोर्डले तोकेको ढाँचामा परीक्षा आवेदन फाराम भर्न सक्नेछन् ।

सम्बन्धित विद्यालय र क्याम्पसहरूले विद्यार्थीहरूले भरेको फाराम सङ्कलन गरी रकम बुझाएको बैंक भौचर वा डिजिटल भुक्तानी गरेको अवस्थामा त्यसको प्रमाणसहित फागुन २१ गतेभित्र राष्ट्रिय परीक्षा बोर्डका सम्बन्धित कार्यालयमा आवेदन फाराम बुझाउन पनि बोर्डले भनेको छ ।

लेखकको बारेमा

  • स्रोतहरू खुलाइएका बाहेक नेपालपथ मिडिया नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् ।

    लेखकबाट थप
  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    खोजी गर्नुहोस

    ताजा अपडेट