अजरबैजान पठाइदिने भन्दै ३३ लाख ठगी गर्ने कन्सल्टेन्सी सञ्चालक पक्राउ

  • २०८० माघ १६, मंगलबार (७ महिना अघि)
  • १८९ पटक पढिएको
अजरबैजान पठाइदिने भन्दै ३३ लाख ठगी गर्ने कन्सल्टेन्सी सञ्चालक पक्राउ

काठमाडौं– काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले अजरबैजान पठाइदिने भन्दै ३३ लाख दुई हजार रुपैयाँ ठगी गर्ने एक कन्सलटेन्सी सञ्चालकलाई पक्राउ गरेको छ ।

Advertisement

बारा कोल्वी नगरपालिका–४ का ३३ वर्षीय रामशरण शिवाकोटीले मिराकल कन्सल्टेन्सी खोली वैदेशिक रोजगारीका लागि अजरबैजान पठाइदिने भन्दै तीन जनालाई ठगेको प्रहरीले जनाएको छ ।

शिवाकोटीले युनिसा आलेमगर र राजन प्रसाईँसहित तीन जनाबाट क्रमशः १६ लाख ५० हजार र १६ लाख ५२ हजार ठगी गरी सम्पर्कविहीन भएको उजुरीका आधारमा उनलाई पक्राउ गरिएको प्रहरीको भनाइ छ ।

उनलाई थप अनुसन्धान तथा कारबाहीका लागि वैदेशिक रोजगार विभाग ताहाचल, काठमाडौं पठाइएको उपत्यका अपराध अनुसन्धान कार्यालले जनाएको छ ।

लेखकको बारेमा

  • स्रोतहरू खुलाइएका बाहेक नेपालपथ मिडिया नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् ।

    लेखकबाट थप
  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    खोजी गर्नुहोस

    ताजा अपडेट