काठमाडौं– कपडाबाट सल्केको आगोले जलेर दाङको तुलसीपुरमा एक महिलाको मृत्यु भएको छ ।
तुलसीपुर उपमहानगरपालिका–८ कटकुइयाँकी ४४ वर्षकी लक्ष्मी चौधरीको जलेर ज्यान गएको इलाका प्रहरी कार्यालय तुलसीपुरले जनाएको छ ।
हिजो बेलुका दाउरा बालेर चुलोमा खाना पकाउने क्रममा चौधरीले लगाएको कपडाबाट शरीरमा आगो सल्किएको थियो । घटना भएका बेला घरमा कोही नभएको र पछि स्थानीय बासिन्दाले प्रहरीमा खबर गरेका थिए । घटनास्थल पुग्दा चौधरीलाई मृत अवस्थामा फेला पारेको प्रहरीको भनाइ छ ।
स्रोतहरू खुलाइएका बाहेक नेपालपथ मिडिया नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् ।
लेखकबाट थप