काठमाडौं– जबरजस्ती करणी गरेको अभियोगमा प्रहरीले छुट्टाछुट्टै स्थानबाट ४ जनालाई पक्राउ गरेको छ ।
प्रहरी प्रधान कार्यालयका अनुसार दाङमा १५ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा तुलसीपुर नगरपालिका–१२ हरिपौरा बस्ने २१ वर्षीय अशोक चौधरी समेत २ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
उनीहरूले ती किशोरीलाई ललाई फकाई सोही नगरपालिका–११ गैरागाउँस्थित नर्सरीमा लगेर शनिबार राति जबरजस्ती करणी गरेको सूचनाका आधारमा ईलाका प्रहरी कार्यालय तुलसीपुरबाट खटिएको प्रहरीले दुवै जनालाई पक्राउ गरेको हो ।
यसैगरी बागलुङमा १३ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा काठेखोला गाउँपालिका–८ लेखानी बस्ने ४० वर्षीय होम बहादुर पुनलाई प्रहरीले पक्राउ गरेको छ । पुनले ती बालिकालाई ललाई फकाई सोही गाउँपालिका–५ कर्लिमस्थित खाली घरमा जबरजस्ती करणी गरेको सूचनाका आधारमा प्रहरी चौकी धम्जाबिहुँबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।
झापामा पनि ३७ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा मेचिनगर नगरपालिका–९ बस्ने भारत बलिया थाना घर भएका ५० वर्षीय अजय गुप्तालाई प्रहरीले पक्राउ गरेको छ ।
गुप्ताले ती महिलालाई शनिबार राति जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा ईलाका प्रहरी कार्यालय धुलाबारीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।
सबै घटनाका सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।
स्रोतहरू खुलाइएका बाहेक नेपालपथ मिडिया नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् ।
लेखकबाट थप