काठमाडौं– पछिल्लो ६ महिनामा तीन लाख ४३ हजार ४०५ जनाले वैदेशिक रोजगारीका लागि श्रम स्विकृित लिएको राष्ट्र वैंकले जनाएको छ ।
नेपाल राष्ट्र बैंकले सार्वजनिक आज गरेको चालु आर्थिक वर्षको ६ महिनाको विवरणअनुसार समीक्षा अवधिमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति संस्थागत तथा व्यक्तिगत–नयाँ लिने नेपालीको संख्या २ लाख ७ हजार ९७० र पुनः श्रम स्वीकृति लिनेको संख्या १ लाख ३५ हजार ४३५ रहेको छ ।
अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या क्रमशः २ लाख ७५ हजार ६४३ र १ लाख ४२ हजार ५४८ रहेको थियो ।
स्रोतहरू खुलाइएका बाहेक नेपालपथ मिडिया नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् ।
लेखकबाट थप