काठमाडौं– क्यानडाविरुद्धको तीन एकदिवसीय सिरिज नेपालले क्लिनस्वीप गरेको छ ।
आज कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा सम्पन्न खेलमा ओपनर र तेस्रो क्रमका ब्याटरले शतक बनाएपछि क्यानडाले दिएको २३३ रनको लक्ष्य नेपालले ४४.३ ओभरमा एक विकेट गुमाएर पुरा गरेसँगै नेपालले क्लिनस्वीप गरेको हो ।
एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा अनिल र भीम दुवैको यो पहिलो शतक हो ।
स्रोतहरू खुलाइएका बाहेक नेपालपथ मिडिया नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् ।
लेखकबाट थप