काठमाडौं– नवलपरासीमा हजुरबा र नाति मृत अवस्थामा फेला परेका छन् ।
नवलपरासीको सुस्ता गाउँपालिका–३ मर्चहवा बस्ने ६५ वर्षीय यक्षलाल चमार र उनकै ११ वर्षीय नाती गौचरण चमार मृत अवस्थामा फेला परेका हुन् ।
उनीहरुको शव घरदेखि झण्डै पाँच सय मिटर दक्षिणमा रहेको छाप्रोमा आज बिहान फेला परेको जिल्ला प्रहरी कार्यालय नवलपरासीले जनाएको छ ।
घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
स्रोतहरू खुलाइएका बाहेक नेपालपथ मिडिया नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् ।
लेखकबाट थप