कुवेतले नेपाललाई दियो ७४ रनको लक्ष्य

  • २०८० फागुन २, बुधबार (७ महिना अघि)
  • १९३ पटक पढिएको
कुवेतले नेपाललाई दियो ७४ रनको लक्ष्य

काठमाडौं– मलेसियामा जारी एसीसी वुमन्स प्रिमियर कप क्रिकेटमा कुवेतविरुद्ध नेपालले जितका लागि ७४ रनको लक्ष्य पाएको छ ।
टस जितेर ब्याटिङ गर्ने निर्णय गरेको कुवेतले २० ओभरमा ९ विकेट गुमाउँदै ७३ रन बनाएको हो ।

Advertisement

कुवेतलाई ७३ रनमै रोक्न नेपालकी सीता राना मगरले ह्याट्रिक गरिन् । उनले १३ औं ओभरको दोस्रो बलमा २९ रन बनाएकी ओपनर प्रियदा मुरलीलाई एलबीडब्लूको धरामा पारिन् ।

तेस्रो बलमा मार्याम ओमरलाई विकेट किपर काजल श्रेष्ठको हातबाट स्टम्पिङ्ग गरिन् । चौथो बलमा कप्तान अम्ना सरिफलाई एलबीडब्लू आउट गरिन् ।

यस्तै कविता कुंवर र रुबिना क्षेत्रीले समान २÷२ विकेट लिए ।

लेखकको बारेमा

  • स्रोतहरू खुलाइएका बाहेक नेपालपथ मिडिया नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् ।

    लेखकबाट थप
  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    खोजी गर्नुहोस

    ताजा अपडेट