१० मेगावाटसम्मका जलविद्युत् आयोजनाहरूको पीपीए खुलाउने प्राधिकरणको निर्णय

  • २०८० फागुन २, बुधबार (७ महिना अघि)
  • २०४ पटक पढिएको
१० मेगावाटसम्मका जलविद्युत् आयोजनाहरूको पीपीए खुलाउने प्राधिकरणको निर्णय

काठमाडौं– नेपाल विद्युत् प्राधिकरणले १० मेगावाटसम्मका जलविद्युत् आयोजनाहरूको विद्युत् खरिद–बिक्री सम्झौता (पीपीए) खुला गर्ने निर्णय गरेको छ ।

Advertisement

ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेतको अध्यक्षतामा आज बसेको प्राधिकरण सञ्चालक समितिको बैठकले १० मेगावाटसम्मका नदी प्रवाही र अर्धजलाशययुक्त जलविद्युत् आयोजनाहरूसँग जहिले र जति पनि पीपीए गर्ने निर्णय गरेको हो ।

प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले स्वदेशी साना लगानीकर्ताहरूको विद्युतमा लगानी प्रोत्साहन गर्न १० मेगावाटसम्मका आयोजनाहरूमा पीपीए सीमा लागू नहुने व्यवस्था गरिएको बताए । यसअघि कोटा प्रणालीका कारण १० मेगावाटसम्मका जलविद्युत् आयोजनाहरूको पीपीए हुन सकिरहेको थिएन ।

प्राधिकरणले अहिलेसम्म सबै प्रकारका आयोजनामा गरी नौ हजार दुई सय मेगावाटको पीपीए गरिसकेको छ । प्राधिकरणले पीपीए भइसकेका जलविद्युत् आयोजनाहरूको क्षमता वृद्धि गरिएमा थप विद्युत् खरिद गरिदिने निर्णय पनि गरेको छ ।

 

लेखकको बारेमा

  • स्रोतहरू खुलाइएका बाहेक नेपालपथ मिडिया नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् ।

    लेखकबाट थप
  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    खोजी गर्नुहोस

    ताजा अपडेट