बलात्कार आरोपमा ललितपुरमा एक जना पक्राउ

  • २०८० फागुन २, बुधबार (७ महिना अघि)
  • १८१ पटक पढिएको
बलात्कार आरोपमा ललितपुरमा एक जना पक्राउ

काठमाडौं– युवती बलात्कार आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।

Advertisement

जिल्ला प्रहरी परिसर ललितपुरले बलात्कार आरोपमा एक जना युवकलाई पक्राउ गरेको एसपी नवराज कार्कीले जानकारी दिए । पक्राउ पर्नेमा गोपाल गजमेर रहेका छन् ।

‘एक युवतीले उहाँविरूद्ध माघ २९ गते जाहेरी दिनुभएको थियो, त्यसपछि हामीले पक्राउ गरेका हौं,’ एसपी कार्कीले भने ।

पीडितले घटना माघ २८ गते भएको जाहेरीमा उल्लेख गरेकी छन् । प्रहरीले घटनाबारे थप अनुसन्धान अघि बढाएको छ । जिल्ला अदालत ललितपुरबाट पाँच दिन हिरासतमा राख्न अनुमति पनि लिएको छ ।

लेखकको बारेमा

  • स्रोतहरू खुलाइएका बाहेक नेपालपथ मिडिया नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् ।

    लेखकबाट थप
  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    खोजी गर्नुहोस

    ताजा अपडेट