काठमाडौं–बालिका बलत्कारको आरोपमा सिराहाको सुखीपुरबाट एक किशोरलाई पक्राउ गरेको छ । सरस्वती पूजा हेर्ने बहानामा फकाइफुल्याई लहानस्थित आफ्नो डेरामा पु¥याएर १५ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले एक किशोरलाई पक्राउ गरेको हो ।
जिल्ला प्रहरी कार्यालय सिराहाका अनुसार सुखीपुर नगरपालिका– २ घर भएका करिब १८ वर्षीय निकेशकुमार यादवलाई सुखीपुर प्रहरीले पक्राउ गरेको हो ।
सरस्वती पूजा हेर्न आउनु भन्दै जिल्लाको सीमावर्ती गाउँबाट बालिकालाई लहान नगरपालिका– १ स्थित अरुणकुमार यादवको घरमा रहेको आफ्नो डेरामा पु¥याएर बुधबार दिउँसो करिब २ बजेतिर बलात्कार गरेको पीडितलाई उद्धृत गर्दै प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार पीडित बालिकाले साँझ घरमा पुगेर आफूमाथि भएको घटनाबारे सुनाएपछि परिवारको जाहेरीको आधारमा मध्यरातमा घरमै सुतिरहेको अवस्थामा उनलाई प्रहरीले पक्राउ गरेको हो ।
बलात्कारबाट विक्षिप्त बनेकी बालिकालाई बुधबार राति नै परिवारजनले लहानस्थित रामकुमार उमाप्रसाद प्रादेशिक अस्पतालमा ल्याई उपचार गराइ थप उपचारका लागि विराटनगरस्थित नोबेल अस्पतालमा उपचार भइरहेको छ ।
बालिकाको सामुहिक बलत्कार भएको हुन सक्ने आशंका गरिएपनि अनुसन्धान हुनै बाँकी रहेको छ ।
स्रोतहरू खुलाइएका बाहेक नेपालपथ मिडिया नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् ।
लेखकबाट थप