काठमाडौं– एसीसी महिला प्रिमियर कपको सेमिफाइनलमा नेपालले घरेलु टोली मलेसियासामु १ सय १६ रनको लक्ष्य प्रस्तुत गरेको छ ।
मलेसियाको बायोमास ओभलमा टस जितेर पहिले ब्याटिङमा गएको नेपालले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै सय १५ रन बनाएको हो ।
नेपालका लागि कप्तान इन्दु बर्माले २९ रन बनाइन्। डली भट्टले २५ रन जोडिन् ।
यस्तै ओपनर कविता कुँवरले २३ रनको योगदान दिइन्। रुविना क्षेत्रीले २० रन बनाइन् । कविता जोशी २ रनमै आउट भइन् ।
मलेसियाका लागि माहिरन इज्जतीले २ विकेट लिइन्। यस्तै विनिप्रलेड डुराइसिंघमले १ विकेट झारिन् ।
स्रोतहरू खुलाइएका बाहेक नेपालपथ मिडिया नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् ।
लेखकबाट थप