रामेछापमा खाना सर्केर नगर प्रमुखका स्वकिय सचिव श्रेष्ठको मृत्यु

  • २०८० फागुन ५, शनिबार (७ महिना अघि)
  • १८७ पटक पढिएको
रामेछापमा खाना सर्केर नगर प्रमुखका स्वकिय सचिव श्रेष्ठको मृत्यु

काठमाडौं– रामेछापको रामेछाप नगरपालिकाका कर्मचारीहरुको वनभोज कार्यक्रम अन्तर्गत खाना खाने क्रममा खाना सर्केर नगर प्रमुखका स्वकिय सचिव ४८ बर्षिय लक्ष्मण श्रेष्ठको मृत्यु भएको छ ।

Advertisement

रामेछाप नगरपालिकाका कर्मचारीहरुले सोहि पालिकाका–७ सुकाजोर मा रहेको तारा खस्यो पोखरीमा आज वनभोज कार्यक्रमको आयोजना गरेका थिए ।

सोहि कार्यक्रममा सहभागि भएर खाना खाने क्रममा खाना सर्केपछि श्रेष्ठलाई लामो समय सम्म खोकी लागेको थियो । खोकीका कारण श्रेष्ठ सिथिल हुँदै गएपछि सँगै उनलाई जिल्ला अस्पताल रामेछाप पुर्याएका थिए ।

अस्पताल पुगेको केहि समयमै डाक्टरले उनलाई मृत घोषणा गरेको थियो । जिल्ला अस्पताल रामेछापका डा केशव श्रेष्ठले उनको खाना सर्केर स्वास नलिमा पुग्दा श्वासप्रश्वासमा समस्या बढदै गएका कारण ज्यान गएको बताए ।

 

लेखकको बारेमा

  • स्रोतहरू खुलाइएका बाहेक नेपालपथ मिडिया नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् ।

    लेखकबाट थप
  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    खोजी गर्नुहोस

    ताजा अपडेट