गुडिरहेको ट्याक्टरबाट लडेर एक बालकको मृत्यु

  • २०८० फागुन ५, शनिबार (७ महिना अघि)
  • २२० पटक पढिएको
गुडिरहेको ट्याक्टरबाट लडेर एक बालकको मृत्यु

काठमाडौं– रोल्पामा गुडिरहेको ट्याक्टरबाट लडेर ६ वर्षीय बालकको मृत्यु भएको छ ।

Advertisement

शुक्रबार बेलुकी साढे ७ बजेतिर लु्ङ्ग्री गाउँपालिका– ३ धनेखर्कबाट वडा नं. २ को सिर्प तर्फ जाँदै गरेको लु ४ त ६७१ नम्बरको ट्याक्टरबाट लड्दा लुङ्ग्री गाउँपालिका – २ सिर्पका ६ वर्षीय सन्दिप खड्काको मृत्यु भएको हो ।

उनी ट्याक्टरको अगाडि बसेका थिए । गुडिरहेको बेला एक्कासी ट्याक्टरबाट खस्दा सन्दीप गम्भीर घाइते भएका थिए । उनको टाउको लगायत शरीरका विभिन्न भागमा गहिरो घाउ चोट लागेको थियो ।

उनलाई उद्धार गरी शुक्रबार राति ९ बजे प्राथमिक स्वास्थ्य केन्द्र सुलिचौरमा उपचारका लागि लगिएको थियो ।

त्यहाँ उपचार सम्भव नभएपछि थप उपचारका लागि बुटवल लैजाने क्रममा बाटोमै मृत्यु भएको रोल्पाका प्रहरी प्रवक्ता इन्स्पेक्टर रामनारायण गुत्ताले जानकारी दिए ।

सिर्पका २० वर्षीय ट्याक्टर चालक दीपक बिकलाई नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान भइ रहेको प्रहरीले बताएको छ ।

 

लेखकको बारेमा

  • स्रोतहरू खुलाइएका बाहेक नेपालपथ मिडिया नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् ।

    लेखकबाट थप
  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    खोजी गर्नुहोस

    ताजा अपडेट