कलाकार भाइरल होइन बाह्य अतिक्रमण र विकृति रोकेर लोकप्रिय बन्नुपर्छः प्रधानमन्त्री दाहाल

  • २०८० फागुन ५, शनिबार (९ महिना अघि)
  • ३६५ पटक पढिएको
कलाकार भाइरल होइन बाह्य अतिक्रमण र विकृति रोकेर लोकप्रिय बन्नुपर्छः प्रधानमन्त्री दाहाल

काठमाडौँ– प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाली लोकगीत सङ्गीतमा देखिएको बाह्य अतिक्रमण र विकृति रोक्नु पर्ने बताएका छन् ।

Advertisement

राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालद्वारा शनिवार आयोजित खुला लोकदोहोरी प्रतियोगिताको सम्बोधन गर्दै प्रधानमन्त्री दाहालले नेपाली गीत सङ्गीतमा देखिएको विकृति रोक्न गम्भिर भएर लाग्नुपर्ने बताएका हुन् ।

दर्शक स्रोताको मन जितेका कालजयी गीत नेपालीको मन, मुटु र जनजिब्रोमा झुण्डिएको उनले बताए । ‘विविधतापूर्ण मौलिकतामा आधारित गीत सङ्गीतले निकै फड्को मारेको छ । तर पछिल्लो समय भाइरल हुने र भ्यूज बढाउने नाममा विकृतितर्फ कलाकार अग्रसर देखिन्छन् । ख्यातिप्राप्त राष्ट्रिय कलाकारले सांस्कृतिक विकृति रोक्न र कलाकर्मी तथा सम्पूर्ण जनसमुदायहरू सचेत हुनैपर्छ’ उनले भने ।

‘भाइरल हुनु र लोकप्रिय एवं जनप्रिय हुनु फरक हुन् । सार्वजनिक मेला महोत्सवका कतिपय प्रस्तुति अत्यन्तै भद्दा, परिवार र साथीहरूसमेत सँगै बसेर हेर्न नसकिने खालका हुने गरेको गुनासो छ’ उनले भने– ‘गीत सङ्गीत हाम्रो कला, संस्तृति जोगाउन सहयोग गर्नुपर्छ । विकृति फैलाउन होइन । यस्ता गतिविधि निरुत्साहित गर्नुपर्छ । बाह्य अतिक्रमण र विकृति रोकेर कलाकार भाइरल होइन लोकप्रिय बन्नुपर्छ ।’

इन्द्रेणी ७औं राष्ट्रिय रनिङ शिल्ड दोहोरीगीत प्रतियोगिता– २०८० आज शनिवारबाट धादिङको चरौदीमा शुरु भएको हो । प्रतिस्पर्धाका लागि देशैभरबाट ४८ वटा समुहको सहभागिता रहेको राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठान नेपालका अध्यक्ष अध्यक्ष रिता थापा मगरले बताइन् ।

नेपालको मौलिक संकृतिलाई बचाई राख्नको लागि प्रतियोगिता आयोजना गरिएको उनले बताइन् । प्रतियोगितामा उत्कृष्ट प्रतिस्पर्धी समूहहरुबाट सर्वोत्कृष्ट छनौट गरिने छ । अनुभवी अग्रज कलाकारहरु निर्णायक रही प्रतिभावान र उत्कृष्ट कलाकारहरुको बीचमा दोहोरी खेलाईने छ । प्रतियोगितामा प्रथम, द्धित्तिय, तृतिय र सान्त्वना हुनेले क्रमश तीन लाख, दुइ लाख, एक लाख र पचास हजार पाउने छन् । प्रतियोगी कलाकारहरु मध्येबाट उत्कृष्ट गायक,उत्कृष्ट गायिका, उत्कृष्ट भेषभुषा, उत्कृष्ट नवगायक, उत्कृष्ट नवगायिकालाई समेत आकर्षक पुरस्कारको व्यवस्था गरिएको छ । ८ गतेसम्म सञ्चालन हुने प्रतियोगीता हेर्न आउने दर्शकसंग कुनै पनि किसिमको शुल्क नलिइने अध्यक्ष रिता थापा मगरले बताइन् ।

लेखकको बारेमा

  • स्रोतहरू खुलाइएका बाहेक नेपालपथ मिडिया नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् ।

    लेखकबाट थप
  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    खोजी गर्नुहोस

    ताजा अपडेट