तनहुँमा जीप दुर्घटना हुँदा एक जनाको मृत्यु, ७ जना घाइते

  • २०८० फागुन ६, आईतबार (७ महिना अघि)
  • १६७ पटक पढिएको
तनहुँमा जीप दुर्घटना हुँदा एक जनाको मृत्यु, ७ जना घाइते

काठमाडौं– पृथ्वीराजमार्गअन्तर्गत तनहुँको आँबुखैरेनी गाउँपालिका–२ नारीघाटमा गएराति भएको जीप दुर्घटनामा एक जनाको ज्यान गएको छ । अरु सात जना घाइते भएका छन् ।

Advertisement

डुम्रेबाट आँबुखैरेनीका लागि छुटेको बा १६ च ४९१८ नम्बरको जीप अनियन्त्रित भइ सडकछेउमा पल्टिँदा जीपमा रहेका चितवन इच्छाकामना गाउँपालिका–६ का २२ वर्षका सागर गुरुङको ज्यान गएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।

घाइतेमध्ये ६ जनाको पुरानो मेडिकल कलेजमा उपचार भइरहेको छ । एक जना उपचारपछि घर फर्किएका छन् ।

लेखकको बारेमा

  • स्रोतहरू खुलाइएका बाहेक नेपालपथ मिडिया नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् ।

    लेखकबाट थप
  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    खोजी गर्नुहोस

    ताजा अपडेट