त्रिविको उपकुलपति नियुक्तिका लागि तीन जनाको नाम सिफारिस

  • २०८० फागुन ७, सोमबार (७ महिना अघि)
  • २३१ पटक पढिएको
त्रिविको उपकुलपति नियुक्तिका लागि तीन जनाको नाम सिफारिस

काठमाडौं– त्रिभुवन विश्वविद्यालयको उपकुलपति नियुक्तिका लागि तीन जनाको नाम सिफारिस भएको छ ।

Advertisement

नाम सिफारिस गर्न गठित समितिले प्राध्यापक चित्रबहादुर बुढाथोकी, प्राध्यापक केशरजंग बराल र प्राध्यापक टंकनाथ धमलाको नाम सिफारिस गरेको हो ।

उपकुलपतिका लागि ४३ जनाको आवेदन परेकोमा पहिलो चरणमा सिफारिस समितिले १४ जनाको नाम छनोट गरेको थियो । छनोट भएका १४ जनाको हिजो अन्तर्वार्ता भएपछि शिक्षामन्त्री संयोजकत्वको सिफारिस समितिले उपकुलपति नियुक्तिका लागि तीन जनाको नाम सिफारिस गरेको हो ।

अब विश्वविद्यालयका कुलपति एवं प्रधानमन्त्री पुुष्पकमल दाहाल प्रचण्डले तीन जनामध्येबाट एक जनालाई विश्वविद्यालयको उपकुलपति नियुक्त गर्नेछन् ।

 

लेखकको बारेमा

  • स्रोतहरू खुलाइएका बाहेक नेपालपथ मिडिया नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् ।

    लेखकबाट थप
  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    खोजी गर्नुहोस

    ताजा अपडेट