ललिता निवास क्षेत्रको सरकारी जग्गा ७ दिनभित्र खाली गर्न काठमाडौं महानगरको आग्रह

  • २०८० फागुन ९, बुधबार (७ महिना अघि)
  • १८१ पटक पढिएको
ललिता निवास क्षेत्रको सरकारी जग्गा ७ दिनभित्र खाली गर्न काठमाडौं महानगरको आग्रह

काठमाडौं– काठमाडौं महानगरपालिकाले वडा नं. ४ बालुवाटारमा रहेको ललिता निवास क्षेत्रको सरकारी जग्गाबाट आफैँ हट्न व्यक्ति, कम्पनी र सङ्घसंस्थाहरुलाई अनुरोध गरेको छ ।

Advertisement

आज सार्वजनिक सूचना निकालेर महानगरपालिकाले ७ दिनको अवधि दिएर सार्वजनिक सम्पत्तिको संरक्षण गर्न सहयोगका लागि अनुरोध गरेको हो ।

बालुवाटारको सरकारी जग्गा व्यक्तिका नाममा दर्ता गरी भ्रष्टाचार गरेको मुद्दामा फैसला गर्दै विशेष अदालतले काठमाडौं महानगरपालिका क्षेत्रभित्र रहेका सरकारी, सामुदायिक तथा सार्वजनिक सम्पत्तिको रेखदेख, मर्मत सम्भार तथा अन्य प्रबन्ध गर्नुपर्ने कानुनी दायित्व महानगरपालिकालाई तोकेको थियो ।

अदालतको फैसला अनुसार सूचना सार्वजनिक गरेको भन्दै महानगरपालिकाले तोकेको समयभित्र नहटेमा प्रचलित कानुन बमोजिम हटाइ सरकारी जग्गा तथा सम्पत्तिको संरक्षण, रेखदेख तथा उचित प्रबन्ध गरिने जनाएको छ ।

लेखकको बारेमा

  • स्रोतहरू खुलाइएका बाहेक नेपालपथ मिडिया नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् ।

    लेखकबाट थप
  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    खोजी गर्नुहोस

    ताजा अपडेट