विद्युतीय ट्याक्सी भित्र्याउने सरकारको निर्णयको विरुद्धमा ट्याक्सी व्यवसायीहरु आन्दोलनमा

  • २०८० फागुन ९, बुधबार (१ साल अघि)
  • ३२१ पटक पढिएको
विद्युतीय ट्याक्सी भित्र्याउने सरकारको निर्णयको विरुद्धमा ट्याक्सी व्यवसायीहरु आन्दोलनमा

काठमाडौं– ट्याक्सी व्यवसायीहरुले सरकारविरुद्ध आन्दोलन सुरु गरेका छन् । सरकारले आफुहरुलाई क्षतिपूर्तिको व्यवस्था नगरी विद्युतीय ट्याक्सी नेपाल भित्र्याउने निर्णय गरेको भन्दै उनीहरुले त्यसको विरोधमा काठमाडौंको तीनकुनेमा ¥यालीसहितको विरोधसभा आयोजना गरेका हुन् ।

Advertisement

१० लाख क्षतिपूर्ति दिएर मात्रै विद्युतीय टयाक्सी खरिद गर्ने प्रक्रिया अघि बढाउन सरकारसँग माग गर्दै आफूहरुले विरोधको कार्यक्रम सुरु गर्नुपरेको ट्याक्सी व्यवसायी स्वरोजगार मजदुर संघर्ष समितिका संयोजक राम थापाले बताए । संघर्ष समितिले विद्युतीय टयाक्सी खरिदमा भन्सार छुट गर्न पनि सरकारलाई दबाब दिएको छ ।

उनीहरुले नेपाली पहिचान हुने गरी इम्बोस्ड नम्बर प्लेटको व्यवस्था गर्न, बीमामा हुने झन्झटिलो प्रक्रिया हटाउन पनि सरकारसँग माग गरेका छन् । टयाक्सी व्यवसायीहरुले स्वस्थ प्रतिस्पर्धाको आधारमा टयाक्सी खरिद गर्न पाउनुपर्नेतर्फ पनि सरकारको ध्यानकर्षण गराएका छन् ।

लेखकको बारेमा

  • स्रोतहरू खुलाइएका बाहेक नेपालपथ मिडिया नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् ।

    लेखकबाट थप
  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    खोजी गर्नुहोस

    ताजा अपडेट