बायुगुठी पिडित र प्रधानमन्त्री दाहालविच भेटवार्ता, समस्या समाधान गर्न पहल गर्ने प्रधानमन्त्रीको प्रतिवद्धता

  • २०८० फागुन ९, बुधबार (९ महिना अघि)
  • २९७ पटक पढिएको
बायुगुठी पिडित र प्रधानमन्त्री दाहालविच भेटवार्ता, समस्या समाधान गर्न पहल गर्ने प्रधानमन्त्रीको प्रतिवद्धता

काठमाडौं– धादिङ र गोरखाका श्री ५ को बायुगुठी पिडितहरुले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसंग भेटवार्ता गरी आफ्ना समस्या र मागका विषयमा छलफल गरेका छन् ।

Advertisement

लामो समय देखि समस्या समाधानका लागि ज्ञापनपत्र, ध्यानाकर्षण र शान्तिपुर्ण आन्दोलन गरिरहेका पिडितहरुले फागुन १५ गतेदेखि अनिश्चितकालिन मालपोत बन्द हड्तालको घोषणा समेत गरेका छन् । पिडितहरुले आन्दोलनको पुर्वसन्ध्यामा प्रधानमन्त्री प्रचण्डसंग भेटवार्ता गरी आफ्ना समस्या र मागका विषयमा छलफल गरेका हुन् ।

धादिङ क्षेत्र नं १ का सांसद एवं बागमती प्रदेशका पुर्वमुख्यमन्त्री राजेन्द्र प्रसाद पाण्डे, क्षेत्र नं २ का सांसद रामनाथ अधिकारी, नीलकण्ठ नगरपालिकाका नगरप्रमुख भीम प्रसाद ढुंगाना र उपप्रमुख दिपक विश्वकर्मा लगायत गोरखाका जनप्रतिनिधिहरु तथा दुवै जिल्लाका विभिन्न राजनितिक दलका प्रमुख एवं प्रतिनिधि सम्मिलित संघर्ष समितिको टोलीले प्रधानमन्त्री प्रचण्डसंग भेटवार्ता गरि बायुगुठीको समस्याले स्थानीय जनताले पाएको दुःख र त्यसबाट उत्पन्न अवस्था र समाधानका बारेमा प्रधानमन्त्रीको ध्यानाकर्षण गराएका हुन् ।

प्रधामन्त्री प्रचण्डले फागुन १० गतेको मन्त्रीपरिषद वैठकबाट समस्या समाधानका लागि कार्यदल बनाउने पिडितहरुलाई आश्वासन दिएका छन् । कार्यदलमा संघर्ष समितिको सदस्य पनि प्रतिनिधि रहने र त्यसले दिएको सुझावका आधारमा चालु संसदबाटै श्री ५ को बायुगुठी समस्या समाधान गर्न पहल गर्ने प्रतिवद्धता जनाएको बैठकका सहभागी नीलकण्ठ नगरपालिकाका उपप्रमुख दिपक विश्वकर्माले जानकारी दिए ।

धादिङको ज्यामरुङ, कटुञ्जे, गोर्खाको आरुघाट थुमी लगायतका ३५ सय घरधुरी बायुगुठी पिडितहरु रहेका छन् ।

 

लेखकको बारेमा

  • स्रोतहरू खुलाइएका बाहेक नेपालपथ मिडिया नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् ।

    लेखकबाट थप
  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    खोजी गर्नुहोस

    ताजा अपडेट