सन्धिखर्क नगरपालिका कार्यसम्पादन मूल्याङ्कनमा देशकै उत्कृष्ट नगरपालिका

  • २०८० फागुन १०, बिहिबार (७ महिना अघि)
  • २३८ पटक पढिएको
सन्धिखर्क नगरपालिका कार्यसम्पादन मूल्याङ्कनमा देशकै उत्कृष्ट नगरपालिका

अर्घाखाँचीको सन्धिखर्क नगरपालिका देशकै उत्कृष्ट स्थानीय तह बनेको छ । आर्थिक वर्ष २०७९/०८० को राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगद्वारा स्थानीय तहको कार्यसम्पादनमा मूल्याङ्कनमा देशकै पहिलो स्थानीय तह बन्न सफल भएको हो ।

Advertisement

नागरिकलाई केन्द्रमा राखेर प्रभावकारी सेवा प्रवाहको व्यवस्थाको साथै मूल्याङ्कनमा सबै सूचकहरूमा राम्रो अङ्क ल्याउन सफल भएको छ । कुल १७ वटा सूचक रहेकोमा ३ वटा सूचक मूल्याङ्कनमा समावेश नगरी १४ वटा सूचकको कुल ७६ अङ्कको नतिजा प्रकाशित हुँदा सन्धिखर्क नगरपालिकाको ६१.८१ अङ्क ल्याई नेपाल कै प्रथम हुन सफल भएको हो ।

चितवनको भरतपुर महानगरपालिका ५६.२९ अङ्क सहित दोस्रो र गुल्मीको मालिका गाउँपालिका ५५.४० अङ्क ल्याएर तेस्रो भएका छन् ।

लेखकको बारेमा

  • स्रोतहरू खुलाइएका बाहेक नेपालपथ मिडिया नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् ।

    लेखकबाट थप
  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    खोजी गर्नुहोस

    ताजा अपडेट