काठमाडौं– कैलालीमा एक बालिकाको शव फेला परेको छ ।
जिल्लाको गौरीगंगा नगरपालिका–४ सिपुरान बस्ने जोगा साउँदकी ७ वर्षीया छोरी सरिता साउँद घरमा कोही नभएको अवस्थामा मृत फेला परेकी हुन् ।
उनी आफ्नै घरभित्र कोठामा बच्चा खेलाउन बनाएको साडीको झुलामा खेलिरहेको अवस्थामा झुलामा घाटीमा पर्न गइ लट्पटिएको अवस्थामा शुक्रबार बिहान ती बालिका मृत अवस्थामा फेला परेकी हुन् ।
यस विषयमा इलाका प्रहरी कार्यालय मालाखेतीले अनुसन्धान गरिरहेको जनाएको छ ।
स्रोतहरू खुलाइएका बाहेक नेपालपथ मिडिया नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् ।
लेखकबाट थप