काठमाडौं– केही इन्टरनेट सेवा प्रदायक कम्पनीहरूको नेटवर्कबाट भिडियो शेयरिङ एप टिकटक चलिरहेको भन्दै नेपाल दूरसञ्चार प्राधिकरणले स्पष्टीकरण सोधेको छ ।
टिकटकको माध्यमबाट सामाजिक सद्भाव एवम् सामाजिक वातावरणमा नकारात्मक असर परिरहेको भन्दै सरकारले प्रतिबन्ध लगाएकोमा केही सेवा प्रदायकहरूले खुला गरेपछि प्राधिकरणले स्पष्टीकरण सोधेको हो । प्राधिकरणले आज सूचना निकालेर टिकटकमा कडाइ नगर्ने सेवा प्रदायकहरूलाई कारबाही गर्ने चेतावनी दिएको छ ।
साथै प्राधिकरणले टिकटकमा पहुँच पुगिरहेको वा टिकटक चलिरहेको भए इमेल गरी त्यस्तो इन्टरनेट सेवा प्रदायकको बारेमा जानकारी दिन पनि अनुरोध गरेको छ ।
स्रोतहरू खुलाइएका बाहेक नेपालपथ मिडिया नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् ।
लेखकबाट थप