कास्कीमा भिरबाट लडेर जर्मन नागरिकको मृत्यु, एकजना पक्राउ

  • २०८० फागुन १३, आईतबार (६ महिना अघि)
  • १८३ पटक पढिएको
कास्कीमा भिरबाट लडेर जर्मन नागरिकको मृत्यु, एकजना पक्राउ

काठमाडौं– कास्कीको माछापुच्छ्रे गाउँपालिका स्थित मिर्सा भिरबाट लडेर एक विदेशी नागरिकको मृत्यु भएको छ । माछापुच्छ्रे १ मिर्सा भिरबाट लडेर जर्मनका पियाको मृत्यु भएको छ ।

Advertisement

उनी मिर्सा गाउँ झर्ने क्रममा शनिवार लडेर रुखमा अड्किएका र शव आज बिहान निकालिएको प्रहरीले जनाएको छ । सशस्त्र प्रहरी बल नम्बर २४ कालिका गणबाट खटिएको टोलीले बिहान शव निकालेर पोखरा ल्याएको कास्की प्रहरीका प्रवक्ता डीएसपी श्रवणकुमार विकले जानकारी दिए ।

थप अनुसन्धानका लागि अमेरिकन नागरिकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । उनीहरू सँगै त्यसतर्फ गएका थिए ।

लेखकको बारेमा

  • स्रोतहरू खुलाइएका बाहेक नेपालपथ मिडिया नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् ।

    लेखकबाट थप
  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    खोजी गर्नुहोस

    ताजा अपडेट