काठमाडौं– सभामुख देवराज घिमिरेले सांसदहरूले उठाएका विषयहरूमा सभाको आगामी बैठकमा जवाफ दिन नेपाल सरकारलाई रुलिङ गरेका छन् ।
रुलिङ भएसँगै १५ मिनेटका लागि स्थगित भएको प्रतिनिधि सभा बैठक पुनः सुरु भएको छ ।
सरकारलाई रुलिङ गर्दै सभामुख घिमिरेले सांसदले उठाएको विषयमा गम्भीर ध्यानाकर्षण भएको भन्दै आगामी बैठकमा जवाफ दिन सरकारलाई निर्देशन दिएका छन् ।
यस अघिको बैठकमा प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)ले विवादित मन्त्रीहरूको राजीनामाको माग गरेका थिए ।
स्रोतहरू खुलाइएका बाहेक नेपालपथ मिडिया नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् ।
लेखकबाट थप