काठमाडौं– नीलकण्ठ नगरपालिका–३ धादिङकी सुष्मा अधिकारी धादिङ अस्पतालमा भेटिइन् । लडेर हातको कुइनोमा काँडा विजेपछि उपचारका लागि अस्पताल आएकी उनी कहिले अस्पताल त कहिले पोलिक्लिनिक धाउदैमा हैरान् परिन् । उनी भन्छिन्– ‘धादिङ अस्पतालमा टिकट काटेँ, एमटिएच पोलिक्लिनिकमा भिडियो एक्सर भयो, काँडा निकाल्न चाँहि पुनः धादिङ अस्पताल नै आउनु प¥यो । विरामीको उपचार गर्ने अस्पताल आफै विरामी र विजोक कहिलेसम्म ?’
‘भिडियो एक्सरे समेत धादिङ अस्पतालमा नहुने भन्दै धादिङबेशीकै एमटिएच पोलिक्लिनिकमा रेफर गरेपछि म दंग परेँ’ उनले भनिन्– ‘अस्पतालकै ओपिडिको ४ नम्बर कोठामा चेकजाँच भयो । डाक्टरले यहाँ हुदैन, वीर अस्पतालको डाक्टर आउनुपर्छ भन्यो । डाक्टर आफैले वर्गर हाउस तल पोलिक्लिनिक गएर देखाउनु, त्यहाँ उपचार हुन्छ भनेर रेफर ग¥यो ।’
धादिङ अस्पतालले दिएको रेफर लिएर उपचारका लागि अस्पताल नजिकै रहेको एमटिएच पोलिक्लिनिक पुगेको उनी बताउँछिन् । ‘पोलिक्लिनिकमा पुगेपछि भिडियो एक्सरे गरेर फेरी काँडा निकाल्न चाँहि धादिङ अस्पतालमै पठायो’ उनले भनिन् ।
‘सरकारी अस्प्तालले किन निजि अस्पताल तथा मेडिकलमा रेफर गर्छन् । नितिगत रुपमै पाइने व्यवस्था छ कि डाक्टरहरुको कमाउ धन्दा हो’ बुहारीको उपचारका लागि अस्पतालमा भेटिएका दिपक अधिकारीले भने– ‘रेडियोलोजिष्ट छैन भन्दै पोलिक्लिनिकमा विरामी रेफर गर्न मिल्छ र । एक पटक रेफर गरेर फेरी अस्पतालमै लगेर उपचार गर्नुले अस्पताल सञ्चालक समिति, अस्पतालका डाक्टर र पोलिक्लिनिकविचको साटकाट छ भन्ने प्रष्टै छ नि ।’
सुष्मा जस्तै उपचारका लागि धादिङ अस्पताल आउने सबै विरामीहरुको अवस्था उस्तै छ । नीलकण्ठ नगरपालिका–१२ की रेनु गुरुङले भोगेको समस्या फरक छैन । भिडियो एक्सरेकै लागि उनलाई पनि एमटिएच पोलिक्लिनिकमै पठाएको उनी बताउँछिन् ।
जिल्लाकै अस्प्ताल भनेर उपचार गर्न आएको उनी बताउँछिन् । ‘मेडिकल तिर जानु नै छ भने जिल्लाको अस्पताल भनेर विरामीले किन दुःख पाउँनु । स्वास्थ्य क्षेत्रमा धादिङ अस्पतालको यस्तो चरम लापरबाहि कहिलेसम्म ?’ उनले प्रश्न गरिन् ।
अस्पतालमा रेडियोलोजिष्ट नभएको र जटिल खालका केशहरु अन्यत्र रेफर गर्ने गरेको धादिङ अस्पताल संचालन तथा व्यवस्थापन समितिका अध्यक्ष राजाराम रिजालले बताए । ‘प्रशासन, समितिसँग सम्बन्धित होइन । यस्ता केशका विषयमा कुरा उठेपछि छलफल पनि भएका छन् । हाम्रोमा सादा हो । अन्यत्र कलर हुन्छ । डाउट लागेका केशहरु चाँहि अन्यत्र रेफर गरेका होला,’ उनले भने ।
स्रोतहरू खुलाइएका बाहेक नेपालपथ मिडिया नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् ।
लेखकबाट थप