काठमाडौं– मकवानपुरमा बिजुलीको पोल ढलेर लाग्दा बकैया गाउँपालिका– ७ का वडा सदस्य रामकुमार तितुङको ज्यान गएको छ ।
हिजो दिउँसो आफ्नै घर अगाडि हिँडिरहेका बेला बिजुलीको पोल ढलेर लाग्दा उनी गम्भीर घाइते भएका थिए ।
उनलाई हेटौंडामा उपचार हुन नसकी भरतपुर लगिएको थियो । चिवतन मेडिकल कलेजमा उपचारको क्रममा आज बिहान ज्यान गएको मकवानपुर प्रहरीले जनाएको छ ।
स्रोतहरू खुलाइएका बाहेक नेपालपथ मिडिया नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् ।
लेखकबाट थप